खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ।
सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंबाट दश वटा उपकरण खरिद गरेर कृषक समूहलाई निःशुल्क उपलब्ध गराएको हो।
किसानले लगाएको बालीनाली बाँदरले सखाप पार्न थालेपछि प्रतिवटा दुई हजार ५०० का दरले उपकरण खरिद गरेर कृषक समूहलाई उपलब्ध गराइएको सहकारी संस्थाका सचिव गङ्गाबहादुर विश्वकर्माले बताए।
“वर्षेनी हुल बाँधेर आउने बाँदरले बालीनाली सखाप पारेपछि किसान हैरानीमा परेका छन्”, उनले भने, “बाँदरलाई तर्साएर धपाउन उपकरण दिइएको हो ।”
हुलका हुल आउने बाँदरले घरमा राखिएको मकै तथा अन्य अन्नबालीसमेत बोकेर लान थालेपछि न्यूनीकरण गर्न उपकरण प्रदान गरिएको सचिव विश्वकर्माले जानकारी दिए।
“युपीभीसी पाइपबाट निर्माण गरिएको उपकरणमा कारबाइड र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएर पड्काउने गरिन्छ”, उनले भने, “ठूलो आवाजमा पड्किँदा बाँदर तर्सेर भाग्ने गर्दछ ।”
स्याङ्जाका भूपेन्द्र कोइरालाले बाँदर आतङ्कबाट बच्न सो उपकरणको आविष्कार गरेका हुन् । सहकारीले खरिद गरेर ल्याएको बाँदर धपाउन उपकरण गत शनिबार दिक्तेलस्थित हर्कपुरको फेदीमा दुई पटक परीक्षण समेत गरिएको थियो ।
जिल्लामै पहिलो पटक ल्याइएको बाँदर धपाउने उपकरण प्रयोगका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइएको सहकारी संस्थाले जनाएको छ । सो प्रविधिको उपकरण सरल र सस्तो रहेको सहकारी संस्थाको दाबी छ । रासस
" /> खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ।सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंबाट दश वटा उपकरण खरिद गरेर कृषक समूहलाई निःशुल्क उपलब्ध गराएको हो।

">