कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही गर्न थालेको छ।
गृहमन्त्रालयले कोभिड-१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई १०० रूपैयाँ जरिवाना गर्न गत असार २२ गते निर्देशन जारी गरेकाे थियो।
निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ व्यक्ति कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।
“असार २४ गतेदेखि यहाँका नागरिकलाई अनिवार्यरूपमा मास्क लगाएर हिँड्डुल गर्न सूचना गरेको प्रहरीले अटेरी गर्ने एक हजार ५९ व्यक्तिलाई कारबाही गरेको हो,” उनले भने, “उनीहरूलाई १०० रूपैयाँ जरिवाना गर्दा हालसम्म एक लाख पाँच हजार ९०० राजस्व सङ्कलन भएको छ।”
सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मास्कको प्रयोगबिना बाहिर निस्कन दिएको निर्देशनविपरीत हिँड्डुल गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीस्वरूप १०० रूपैयाँ जरिवाना तिर्न लगाइएको बताए।
कोरोना सङ्क्रमण निवारण नभएकाले नागरिकलाई भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन सूचना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस
" /> कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही गर्न थालेको छ।गृहमन्त्रालयले कोभिड-१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई १०० रूपैयाँ जरिवाना गर्न गत असार २२ गते निर्देशन जारी गरेकाे थियो।

">