दमौली। चितुवाको सबैभन्दा बढी प्रभाव रहेको तनहुँको भानु नगरपालिकामा चितुवाको गणना गरिने भएको छ।
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयले यहाँको जङ्गलमा रहेका चितुवा गणना गर्न लागेको हो।
चितुवाको आक्रमणबाट एक वर्षमा जिल्लामा ६ जना बालबालिकाले ज्यान गुमाएका छन्। तीमध्ये तीनजना भानु नगरपालिकाका हुन्।
जङ्गल क्षेत्रमा चितुवाको आहार लोप हुँदै जान थालेपछि चितुवा मानव बस्तीमा पसेर आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए।
“जङ्गलमा पाइने चितुवाको आहारा मानिसले मारिदिने गर्नाले पनि चितुवा आहारा खोज्दै बस्ती छेउछाउ आउन थालेको छ, जसकारण चितुवाले मानवमाथि आक्रमण गरेर ज्यान लिने गरेको देखियो”, उनले भने।
यसै आर्थिक वर्षमा चितुवा गणना गर्न भानु नगरपालिकाभित्रका वनजङ्गल क्षेत्रको सर्भे गरेको छ। करिव चार हजार २०० हेक्टर वन क्षेत्रमा ३६ वटा बिन्दु पहिचान गरिएको छ।
“प्रत्येक बिन्दुमा क्यामरा जडान गरी यहाँ रहेका चितुवा गन्ने कार्यक्रम बनाएका छौँ”, बरालले भने, “चितुवा सँगसँगै चितुवाका आहारा प्रजाति पनि गणना गर्छौं।”
चितुवाको आहारा प्रजाति संरक्षण गर्न सकिए चितुवा मानव बस्तीमा नआउने र मानवलाई आक्रमण नगर्ने कार्यालय प्रमुख बरालको भनाइ छ। चितुवाको आहारा प्रजाति संरक्षणका लागि घाँसे मैदानको अवस्था अध्ययन, पोखरी संरक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
“चितुवाको आहारा प्रजाति भानुमा नभएको खण्डमा त्यस्ता प्रजातिको संरक्षण गर्ने अभियान सञ्चालन गरिनेछ”, उनले भने, “घाँसे मैदान हराउँदै गएको र घाँस नभएपछि चितुवाको आहारा प्रजाति पनि लोप हुँदै जान थालेको छ ।”
चितुवालाई मानव बस्तीसम्म आइनपुग्ने बनाउन चितुवाको आहारा प्रजाति संरक्षण गर्नुपर्ने मुख्य चुनौती रहेको बरालले बताएका छन्। रासस
" /> दमौली। चितुवाको सबैभन्दा बढी प्रभाव रहेको तनहुँको भानु नगरपालिकामा चितुवाको गणना गरिने भएको छ।मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयले यहाँको जङ्गलमा रहेका चितुवा गणना गर्न लागेको हो।

">