कास्की। प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम सातौँअन्तर्गत हिजो पहिलो समूहमा २२० जना दीक्षित भएका छन्।
२० साउन २०७६ बाट उद्घाटन भई सञ्चालनमा आएको तालिममा सहभागी प्रशिक्षार्थी मध्येमा १६० जना ‘क’ श्रेणी र ६० जना ‘ख’ श्रेणीमा उत्तीर्ण भएका छन्। दीक्षित भएका प्रहरी जवानलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले दर्ज्यानी चिन्हद्वारा शु-सोभन गरे।
समारोहमा प्रत्येक प्रहरी कर्मचारीले आ-आफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, वीरताको प्रतीक खुकुरी र प्रहरी झण्डालाई साक्षी राखी आफू सदैव कर्तव्य निष्ठ भई भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी शपथ लिएका थिए। सो अवसरमा प्रशिक्षार्थीबाट कवाज प्रदर्शन गरिएको थियो ।
तालीममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थी तथा उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिको थियो। दीक्षित भई जान लागेका प्रशिक्षार्थीलाई निर्देशन दिँदै प्रहरी नायब महानिरीक्षक अर्यालले तालीम अवधिमा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा इमान्दारीपूर्वक लागू गर्न आग्रह गरेका छन्। रासस
" /> कास्की। प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम सातौँअन्तर्गत हिजो पहिलो समूहमा २२० जना दीक्षित भएका छन्।२० साउन २०७६ बाट उद्घाटन भई सञ्चालनमा आएको तालिममा सहभागी प्रशिक्षार्थी मध्येमा १६० जना ‘क’ श्रेणी र ६० जना ‘ख’ श्रेणीमा उत्तीर्ण भएका छन्। दीक्षित भएका प्रहरी जवानलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले दर्ज्यानी चिन्हद्वारा शु-सोभन गरे।

">