पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक
चितवन। माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।

मंगलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो।

भरतपुर महानगरपालिका-२९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला चट्टानसहित पहिरो झरेको थियो।

डिभिजन सडक कार्यालय भरतपुरका ई. विजय दराईका अनुसार ब्रेकरले चट्टान फोडेर पहिरो पन्छाइएको हो।

पहिरो पन्छाउन नारायणगढतर्फ दुईवटा एक्साभेटर र मुग्लिनतर्फ दुईवटा लोडर परिचालन गरिएको थियो।

सो ठाउँमा झरेको पहिराले १५० मिटर सडक ढाकेको थियो।

पहिरो आज बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो।

पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ। रासस

प्रतिक्रिया दिनुहोस्