काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सव-इन्जिनियर चन्द्रदेव भट्टलाई २० हजार रूपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।
आयोगको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले भट्टलाई धनगढी उपमहानगरपालिका-१ स्थित शान्ति वाटिका पार्क चोकबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।
भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मुल्यांकन गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो।
यही क्रममा बुधबार उनलाई पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सव-इन्जिनियर चन्द्रदेव भट्टलाई २० हजार रूपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।आयोगको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले भट्टलाई धनगढी उपमहानगरपालिका-१ स्थित शान्ति वाटिका पार्क चोकबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।

">