काठमाडौं। प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई सर्लाही, धनुषा र बाँकेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका-१ लखनदेही खोलाबाट लागुऔषध गाँजा करीब ७ किलोसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ बस्ने ३४ वर्षीय बिरू लामा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
धनुषाको जनकपुर उपमहानगरपालिका-७ भमरापुराचोकबाट नियन्त्रित लागुऔषध एक्जिप्लान २० बोतल, नाइट्रोभेट ७९५ थानसहित दुई जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी गौशला नगरपालिका-८ बस्ने १७ वर्षीय किशोर र जनकपुर उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ज २ प ४९६७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नियन्त्रित लागुऔषधसहित मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२२ बाबाकुटीबाट अवैध लागुऔषध ब्राउन सुगर करीब एक ग्रामसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जानकी गाउँपालिका-६ बस्ने २९ वर्षीय सैलेन्द्र तमौली र सोही ठाउँ बस्ने ३१ वर्षीय पुजारी हर्जन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौं। प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई सर्लाही, धनुषा र बाँकेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।धनुषाको जनकपुर उपमहानगरपालिका-७ भमरापुराचोकबाट नियन्त्रित लागुऔषध एक्जिप्लान २० बोतल, नाइट्रोभेट ७९५ थानसहित दुई जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

">