काठमाडौं। देशका विभिन्न स्थानमा ९ जना मृत फेला परेका छन्।
नेपाल प्रहरीका अनुसार कास्की, गोरखा, बर्दिया, जाजरकोट, भोजपुर, ललितपुर, चितवन र जुम्लामा साे संख्यामा मृत फेला परेका हुन्।
जाजरकोटको भेरी नगरपालिका-३, स्यांला बस्ने ४० वर्षीय पटबहादुर विक आफ्नै घरको आँगनमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्।
ललितपुरको ललितपुर महानगरपालिका-१२, ईटीचोकमा हाल पहिचान नखुलेका करिब ५० वर्षीय पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्।
चितवनको भरतपुर महानगरपालिका-४, गैंडाचोक नारायणी तिरस्थित बाँसको झ्याङमा हाल पहिचान नखुलेकी करिब ५२ वर्षीया महिलाको शव बुधबार बिहान फेला परेको छ।
जुम्लाको हिमा गाउँपालिका-४ कुदुस्थित सडकदेखि करिब ६० मिटर तल कोदो बारीमा सोही ठाउँ बस्ने ३५ वर्षीय लगम भन्ने लोकबहादुर शाही बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्।
कास्कीको पोखरा महानगरपालिका-१९, अकला मन्दिरस्थित भेटिखोला किनारामा सोही महानगरपालिका-१६, कुरेचौर बस्ने ४८ वर्षीय विष्णु आचार्य मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।
गोरखाको भीमसेन थापा गाउँपालिका-३, शिशवघारीस्थित बूढीगण्डकी नदीको किनारमा हाल पहिचान नखुलेका पुरुष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।
बर्दियाको गेरुवा गाउँपालिका-१ माधवपुरस्थित गेरुवा कर्णाली नदीको दोभानमा हाल पहिचान नखुलेकी महिला मंगलबार दिउँसो मृत अवस्थामा फेला परेकी छन्।
जाजरकोटको भेरी नगरपालिका-१० आली बस्ने हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष सोही ठाउँस्थित मकै बारीमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।
भोजपुरको अरुण गाउँपालिका-२ सराङ बस्ने ५८ वर्षीया जिता राई सोही ठाउँस्थित सुके खोलाको पानीमा मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन्।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानमा ९ जना मृत फेला परेका छन्।नेपाल प्रहरीका अनुसार कास्की, गोरखा, बर्दिया, जाजरकोट, भोजपुर, ललितपुर, चितवन र जुम्लामा साे संख्यामा मृत फेला परेका हुन्।

">