काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका तर्फबाट स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई राहत वितरण गरिएको छ।
असार ३० गतेको पहिरोमा परी मृत्यु भएकाका परिवार र विस्थापित परिवारलाई राहत वितरण गरिएको हो ।
पहिरोमा पुरिएर मृत्यु भएका कालीगण्डकी गाउँपालिका–४ खहरेका इमानसिंह राना, गिमानसिंह थापा, टीकाबहादुर थापा, प्रेमचन्द्र पाण्डेका परिवारलाई नगदसहित खाद्यान्न, कम्बल, त्रिपाललगायतका सामग्री वितरण गरिएको हो।
त्यस अवसरमा पहिरोमा परी घाइते भएका वीरबहादुर रानालाई पनि राहत वितरण गरिएको थियो।
मन्त्री अर्यालले सचिवालयका स्वकीय सचिव बुद्ध घर्तीमार्फत् मृतकप्रति श्रद्धाञ्जली, मृतकका परिवारमा समवेदना तथा घाइतेहरूको स्वास्थलाभको कामना सन्देश पठाएकी थिइन्।
मन्त्री अर्यालद्वारा जारी सन्देशमा वर्षाका कारण आफू उपस्थित हुन नसके पनि आफ्नो तर्फबाट रहने साथ, सहयोग सधैँ रहने बताएकी थिइन्।
त्यस अवसरमा संघीय सरकारका तर्फबाट एक लाख, प्रदेश सरकारबाट ५० हजार र स्थानीय सरकारका तर्फबाट ३० हजार रूपैयाँ मृतकका परिवारलाई सहयोग गरिएको थियो।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानद्वारा राहत हस्तान्तरण गरिएको थियो।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका तर्फबाट स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई राहत वितरण गरिएको छ।असार ३० गतेको पहिरोमा परी मृत्यु भएकाका परिवार र विस्थापित परिवारलाई राहत वितरण गरिएको हो ।

">