किन्सासा। प्रजातान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीले कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य आपतकाल अन्त्य गरेका छन्। उनले व्यावसायिक क्रियाकलाप, विद्यालय र सीमाहरू खुला गर्ने बारेमा तीन चरणको कार्यक्रम घोषणा गरेका हुन्।
करीब आठ करोड जनसंख्या रहेको विशाल अफ्रिकी मुलुक कंगोमा मार्च १० यता आठ हजार ५३४ जनामा कोरोना संक्रमण देखिएको र १९६ जनाको मृत्यु भएको थियो।
राष्ट्रपति चिसेकेडीले अफ्रिकामा कोरोना संक्रमितको संख्याका दृष्टिले कंगो नवौं सर्वाधिक असर परेको मुलुक रहेको बताउँदै मुलुकलाई लामो समय लकडाउनमा राख्दा मुलुकको आर्थिक स्थिति अझ कमजोर हुने देखिएपछि सबै किसिमका प्रतिबन्धहरू विस्तारै हटाउन लागिएको जानकारी दिए।
कंगो सरकारले गत मार्च २४ मा स्वास्थ्य आपतकाल घोषणा गर्दै सीमाहरू पनि बन्द गरेको थियो। साथै संक्रमण फैलिन सक्ने भन्दै विद्यालयहरू, बार र रेस्टुराँ बन्द गरिएका थिए।
सरकारको नयाँ आदेशअनुसार अब बुधबारदेखि सबै पसल, बैंक, रेस्टुराँ र बार खुला हुनेछन् भने सार्वजनिक यातायात खुला गरिने तथा ठूला सभाहरू पनि गर्न पाइने छ।
विद्यालय र विश्वविद्यालयहरू आगामी अगस्ट ३ बाट पुनः खुल्नेछन् भने विमानस्थल, बन्दरगाह, सीमा र मठमन्दिरजस्ता धार्मिक स्थलहरू आगामी अगस्ट १५ देखि खुल्नेछन्। रासस/एएफपी
" /> किन्सासा। प्रजातान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीले कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य आपतकाल अन्त्य गरेका छन्। उनले व्यावसायिक क्रियाकलाप, विद्यालय र सीमाहरू खुला गर्ने बारेमा तीन चरणको कार्यक्रम घोषणा गरेका हुन्।करीब आठ करोड जनसंख्या रहेको विशाल अफ्रिकी मुलुक कंगोमा मार्च १० यता आठ हजार ५३४ जनामा कोरोना संक्रमण देखिएको र १९६ जनाको मृत्यु भएको थियो।

">