सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गरेर करिब एक लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ। कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति १०० रुपैयाँका दरले एक लाख पाँच हजार ९०० रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
कोभिड-१९ को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई १०० रुपैयाँ जरिवाना गर्न निर्देशन दिएको थियो। सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूलेको हो।
सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताए।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन उल्लङ्घन गर्ने ५८३ सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारवाही गरेको जनाएको छ । जसबाट पाँच लाख ८९ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको छ।
" /> सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गरेर करिब एक लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ। कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति १०० रुपैयाँका दरले एक लाख पाँच हजार ९०० रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।कोभिड-१९ को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई १०० रुपैयाँ जरिवाना गर्न निर्देशन दिएको थियो। सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूलेको हो।

">