लमजुङ। भारी वर्षापछि गएको पहिरोबाट १८ घर पुरिएका छन्। मर्स्याङदी गाउँपालिका-३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिरोले ती घर पुरिएका हुन् ।
हिजो गएको कपासेखोलाको पहिरोमा थप पहिरो आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले जानकारी दिए। पहिरोले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उनले बताए।
उनीहरूलाई बेँसीशहर नगरपालिका-८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ।
हिजो नै सो पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरू आज बिहान सामग्री निकाल्नका लागि आएका र सो पहिरो घाइते भएको वडाध्यक्ष बस्नेतले बताए।
गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ। जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले यतिबेला पहिरोले नपुरिएका घरमा रहेका सामग्री निकालिरहेका छन्। रासस
" /> लमजुङ। भारी वर्षापछि गएको पहिरोबाट १८ घर पुरिएका छन्। मर्स्याङदी गाउँपालिका-३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिरोले ती घर पुरिएका हुन् ।हिजो गएको कपासेखोलाको पहिरोमा थप पहिरो आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले जानकारी दिए। पहिरोले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उनले बताए।

">