महोत्तरी। सवारी दुर्घटनामा परी गएको आर्थिक वर्षमा महोत्तरमिा ४६ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक कार्यालय बर्दिबास, महोत्तरीका अनुसार आव २०७६/७७ मा सवारी दुर्घटनामा परी जिल्लामा ३१ पुरुष, १० महिला र पाँच बालबालिकाको मृत्यु भएको हो।
२०७६ साउन १ देखि २०७७ असार ३१ गतेसम्म महोत्तरीमा कूल १७४ सवारी दुर्घटना भएकामा ९५ गम्भीर घाइते र ७३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
कार्यालयका अनुसार दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर सबैभन्दा बढी छन्। त्यसपछि जीप, कार, टेम्पो, भ्यान, ट्रक, ट्रयाक्टर तथा सबैभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस रहेको छ।
दुर्घटनाका कारणमा राजमार्गमा तीव्रगति, चालकको लापरवाही, छाडा चौपाया, जङ्गली जनावर, चालकद्वारा मदिरा सेवन, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोकाइ, पैदलयात्रुले जथाभावी बाटो काट्नुलगायत रहेको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ। रासस
" /> महोत्तरी। सवारी दुर्घटनामा परी गएको आर्थिक वर्षमा महोत्तरमिा ४६ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक कार्यालय बर्दिबास, महोत्तरीका अनुसार आव २०७६/७७ मा सवारी दुर्घटनामा परी जिल्लामा ३१ पुरुष, १० महिला र पाँच बालबालिकाको मृत्यु भएको हो।२०७६ साउन १ देखि २०७७ असार ३१ गतेसम्म महोत्तरीमा कूल १७४ सवारी दुर्घटना भएकामा ९५ गम्भीर घाइते र ७३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

">