भरतपुर। राजधानी काठमाडाैं, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ-मुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन। विगतमा साँघुरो सडक र पहिरोले दुःख दिएको उक्त सडकखण्ड विस्तार गरे पनि पहिरोको दुःख अझै हटेको छैन।
उक्त सडकको समस्या हटाउन सरकारले सडक विस्तार गर्ने गर्यो। सडक विस्तारसँग पहिरो नियन्त्रणका काम पनि भए। तर पनि पहिरो जाने र घण्टौँ समस्या उत्पन्न हुने समस्या ज्यूँका त्यूँ छ।
सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको दुई लेन सडक बनाइएको छ। दुई लेनको बनाउन ठाउँ-ठाउँमा पहाड काटिएको छ। सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ।
सडक विस्तारसँगै विभिन्न चरणमा गरेर पहिरो नियन्त्रणका काम पनि भएका छन्। नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनाल पहिरो नियन्त्रणको काम गरिए पनि भौगोलिक बनावटका कारणले पहिरोको समस्या समाधान हुन नसकेको बताउँछन्।
“धेरै वर्ष अघिदेखि माटो बसेको ठाउँमा निकै भिरालो हुनेगरी पहाड काटिएको छ, पहिरो नगएको ठाँउमा पनि चलाइएको छ, वर्षायाममा पुरानो पहिरोमा पानी छिरेर बग्ने गरेको छ।”
उनका अनुसार सडकबाट भौगोलिक अवस्था नहेरी शाखा सडक विस्तार गर्दा पनि पहिरोको समस्या हुने गरेको छ। उनले भने, “उक्त सडक खण्डमा धेरै खोल्साखोल्सी छन्। सडकको माथिल्लो भागमा वर्षासँग पानी आउँछ। कमजोर भौगोलिक अवस्थामा पानीको मात्रा बढी हुँदा पहिरोको समस्या हुने गरेको छ। जलवीरेदेखि मुग्लिनसम्मको भागमा पहिरोको बढी जोखिम रहेको छ।”
सडक आयोजनाले उक्त सडक खण्डको ३१ ठाउँमा पहिरो रोक्ने काम गरेको छ। सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताए। नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जिनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भएको उनले बताए।
१४ करोड नौ लाखको लागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभिले पाएको हो। अहिले पहिरो गइरहेको चार किलो क्षेत्रमा भने पहिरो रोक्ने काम हुन सकेको छैन। लगातारको वर्षाका कारण काम हुन नसकेको खनालको भनाइ छ। सो क्षेत्रमा वर्षापछि काम हुने गरी पहिरो रोक्ने काम स्थगित गरिएको उनले जानकारी दिए।
विगतमा पहिरो गइरहेको ठाउँमा रोकथामको काम भएपछि पहिलो समय पहिरो जाने क्रम रोकिएको खनालले बताए।
भूगर्भविद् शिवकुमार बाँस्कोटाले सडक विस्तारका क्रममा धेरै पुराना पहिरो चलाएका कारण अहिले पनि पहिरो खसिरहेको बताए। उनले भने, “धेरै वर्ष अघिदेखि माटो बसेको ठाउँमा निकै भिरालो हुनेगरी पहाड काटिएको छ, पहिरो नगएको ठाँउमा पनि चलाइएको छ, वर्षायाममा पुरानो पहिरोमा पानी छिरेर बग्ने गरेको छ।” यति धेरै पहिरो पहिले नखस्ने गरेको भन्दै उनले विस्तारपछि नै बढी पहिरो खसिरहेको बताए।
धरै माथिबाट खसेका पुरानो पहिरो चिन्न नसक्दा पनि समस्या भएको बाँस्कोटाको भनाइ छ। उनले अध्ययन नगरी शाखा सडक निर्माण गर्दा थुनिएको लेदो बर्खाको समयमा विस्फोट भएको बताए।
बाँस्कोटाले सडक विस्तार गर्दै काटेको स्लोपको काम तुरुन्त गरेको भए समस्या कम हुने बताए। उनले जुन ठाउँमा पहिरो गएको छ त्यो ठाउँको विस्तृत अध्ययन गर्दै नयाँ वैकल्पिक सडकबारे पनि ध्यान दिनुपर्ने धारणा राखे।
ईच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजुले सडक विस्तार सम्पन्न भएपछि समस्या हट्ने अपेक्षा गरिएको भए पनि समस्या हट्न नसकेको बताए। उनले यात्रुसँगै मुग्लिनवासीले समेत समस्या झेल्नु परेको गुनासो गरे। समस्याको दीर्घकालीन समाधान खोजी गरी कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो।
कोरोनाको डरकाबीच पहिरोले अलपत्र परेका यात्रुलाई खाना खुवाउनुपर्ने बाध्यता रहेको भन्दै उनले भने, “खाना नदिउँ मानवताको विषय छ, दिउँ भीड जम्मा गरेर खाना खान दिँदा कोरोनाको डर छ।” मुग्लिनबाट चार किलोमिटर पश्चिम नारायणगढतर्फ कालीखोलामा असार ३ गते पनि पहिरो खसेको थियो। त्यो बेला पहिरो हटाएर दुईतर्फि गाडी चलाउन ६३ घण्टा लागेको थियो।
सोमबार बिहानदेखि गएको पहिरो ३६ घण्टापछि मङ्गलबार अपरान्हबाट एकतर्फि सञ्चालनमा आएको सडक फेरि रातिदेखि चट्टानसहितको पहिरोले अवरुद्ध छ। सडकखण्डअन्तर्गत ठाउँ-ठाउँमा साना पहिरो खसेका छन्। सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन्। रासस
" /> भरतपुर। राजधानी काठमाडाैं, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ-मुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन। विगतमा साँघुरो सडक र पहिरोले दुःख दिएको उक्त सडकखण्ड विस्तार गरे पनि पहिरोको दुःख अझै हटेको छैन।उक्त सडकको समस्या हटाउन सरकारले सडक विस्तार गर्ने गर्यो। सडक विस्तारसँग पहिरो नियन्त्रणका काम पनि भए। तर पनि पहिरो जाने र घण्टौँ समस्या उत्पन्न हुने समस्या ज्यूँका त्यूँ छ।

">