काठमाडौं। महोत्तरीको बलबा नगरपालिका-११ भगवतीपुरस्थित रातु खोलाले बगाएर ४० वर्षीय विरेन्द्र कापडको मृत्यु भएको छ।
भंगाहा नगरपालिका-६ बस्ने ४० वर्षीय विरेन्द्रलाई रातु खोलाले हिजो बिहान बगाएको थियो। विरेन्द्र सोही नगरपालिका-४ स्थित उत्तरबारी टोलमा मृत अवस्थामा फेला परेको प्रहारीले जनाएको छ।
जनकपुरबाट साईकलमा आफ्नो घर संग्रामपुर जाने क्रममा रातु खोला तर्दा उनलाई बगाएको थियो। प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो।
त्यस्तै रुपन्देहीको कञ्चन गाउँपालिका-५ भैसाही बस्ने २४ वर्षीय रोहित थारुको खोलामा डुबेर मृत्यु भएको छ।
कपिलवस्तु बाणगंगा नगरपालिका-१० भेलैयास्थित कोठी खोलामा हिजो बिहान डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
थारु माछा मार्न भनी रुपन्देही र कपिलवस्तुको सिमानामा पर्ने कोठी खोलामा गएका थिए।
घर फर्किएर नआएपछि उनको खोजी गरिएको थियो।
नवलपरासीको सुनवल नगरपालिका-४ सितलास्थित तुरिया खोलामा डाईभर्सन गरेको तालमा डुबेर एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेको अहिलेसम्म नाम, थर, वतन खुलेको छैन।