रूकुमपूर्व। रूकुम(पूर्व)का दुई ठाउँमा एकीकृत बस्ती निर्माणका लागि चालु आवमा प्रदेश सरकारले दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका-५ को हुकाम र भूमे गाउँपालिकाको वडा नम्बर ६ महतमा एकीकृत बस्ती निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक-एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।
दश वर्षे सशस्त्र द्वन्द्वका बेला सबैभन्दा धेरै मानवीय क्षति व्यहोरेका महत र हुकाममा प्रदेश ५ सरकारले एकीकृत बस्ती विकासको अवधारणा अघि सारेको छ। हुकाममा गत आवदेखि एकीकृत बस्ती विकासको कार्यक्रम लागू गरिएको तथा महतमा आव २०७५/७६ देखि कार्यक्रम लागू गरिएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए।
हुकाममा गत वर्ष छुट्याइएको बजेटले कोरोना महामारीको कारण समयमै काम गर्न नसकिएको बताइएको छ। एकीकृत बस्ती विकासका लागि भर्खरै बोलपत्रको काम सकिएकाले तत्कालै काम शुरू गरिने प्रदेशसभा सदस्य ओलीले बताए। उक्त बजेटबाट बस्तीभित्रका बाटामा ढुङ्गा बिछ्याउने, नाली काट्ने तथा ढल निकास र आँगन सफाइलगायत काम गरिने उनको भनाइ छ।
यस्तै महतमा भने आव २०७५/७६ मा छुट्याइएको ५० लाख रुपैयाँ बजेटबाट बाटो निर्माण र सडक बत्ती जडान गरिएको छ। महत गाउँको बीचमा रहेको ८०० मिटरमा पक्की बाटो बनाइएको छ। बाटाको छेउमा सौर्य बत्ती जडान गरिएको छ। त्यसले गाउँ झिलीमिली हुँदा राति हिँडडुल गर्दा सजिलो भएको वडाध्यक्ष देवबहादुर बुढाले बताए।
यस्तै गत आवमा छुट्याएको ५० लाख रुपैयाँ बजेटले कोरोनाको कारण गरिएको लकडाउनले समयमै काम गर्न नसके पनि अब तत्कालै काम शुरू गर्ने प्रक्रियामा रहेको प्रदेशसभा सदस्य ओलीले बताए। चालु आवका लागि आएको एक करोड रुपैयाँको पनि नयाँ लागत अनुमान बनाएर काम गरिने उनको भनाइ छ।
उक्त कार्यक्रमअन्तर्गत दुई गाउँमा सहायक बाटो, ढल निकास, आँगन सुधार, करेसाबारी निर्माण तथा सुँगुर, बङ्गुर र गाईगोरूको व्यवस्थापन गाउँदेखि एक किमी टाढा गर्ने र गाउँ सफा तथा व्यवस्थित गरिने जनाइएको छ। तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा महतमा सबभन्दा धेरै मानवीय क्षति भएको थियो। राज्य र विद्रोही पक्षबाट ५८ जना मारिएका थिए भने धेरै सर्वसाधारण विस्थापित भएका थिए।
नेपाल प्रहरीका तत्कालीन प्रहरी नायव उपरीक्षक ठूले राईलाई महतबाटै माओवादी लडाकुले अपहरण गरेका थिए। सशस्त्र द्वन्द्वका क्रममा भएको क्षतिको सम्बोधनका प्रयासस्वरूप प्रदेश सरकारले महतमा एकीकृत बस्ती विकासको कार्यक्रम लागू गरिएको जनाएको छ। स्थानीय सरकारले पनि उक्त ठाउँमा गौतम बुद्धको अर्धकदको शालिक राख्ने, युद्ध सामग्री राख्नेदेखि अन्य काम गर्दै आएको छ। रासस
" /> रूकुमपूर्व। रूकुम(पूर्व)का दुई ठाउँमा एकीकृत बस्ती निर्माणका लागि चालु आवमा प्रदेश सरकारले दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका-५ को हुकाम र भूमे गाउँपालिकाको वडा नम्बर ६ महतमा एकीकृत बस्ती निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक-एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

">