गोदावरी। कैलाली र डोटीको सीमा भएर बग्ने  ठूलीगाड नदीमा माछा प्रजाति बढेको पाइएको छ। जलीय जैविक विविधता संरक्षणका लागि कैलालीको चुरे, मोहन्याल र डोटीको बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा गैरकानुनीरूपमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछा बढेको हो।

कैलाली र डोटीका दुई-दुई गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा जुटेका छन्। नदी तथा खोलामा जथाभावीरूपमा माछा मार्दा अन्य जलचर प्राणी लोप हुन थालेपछि गाउँपालिकाले कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड नदीमा गत मङ्सिरदेखि माछा मार्न प्रतिबन्ध लगाएको चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले बताए। ती गाउँपालिकाले नदीमा महाजाल, विषादी तथा करेन्ट प्रयोग गरी माछा मार्न बन्द लगाउँदा माछाका प्रजातिको  सङ्ख्यामा वृद्धि भएको स्थानीय बासिन्दाको भनाइ छ।

स्थानीय तहले जलचर संरक्षण ऐन बनाएर स्थानीय नदी तथा खोलामा गैरकानुनीरूपमा माछा मार्न बन्द गरी कानुनविपरीत माछा मारे कारवाही गर्दै आएका छन्। ती गाउँपालिकाहरुले जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्रको संरक्षण गर्न थालेका छन्। गाउँपालिकाले संयुक्तरूपमा छुट्टै ऐन कानुन बनाई समूह गठन गरेर समूहलाई नै नदी तथा माछाको संरक्षणको जिम्मा दिएको चुरे गाउँपालिका-१ का वडाध्यक्ष हुकुम बोहराले जानकारी दिए।

उनका अनुसार जलीय जैविक विविधता संरक्षणको जिम्मा स्थानीयवासीलाई दिएपछि ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजातिको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। संरक्षणको जिम्मा स्थानीयवासीलाई नै दिएपछि सहज भएको जनाइएको छ।

ठूलीगाड जलाधार क्षेत्रमा आगामी भदौदेखि संरक्षण समूहले निश्चित रकम लिएर माछा मार्न दिने भएको छ। माछा मार्दा करेन्ट, विष तथा महाजालको प्रयोग गर्न नपाइने भगतपुर जलचर संरक्षण समूहका संयोजक हेमबहादुर भाटले बताए। उनले जालको प्रयोग गरेर मात्र माछा मार्न दिइने बताए। रासस

" /> गोदावरी। कैलाली र डोटीको सीमा भएर बग्ने  ठूलीगाड नदीमा माछा प्रजाति बढेको पाइएको छ। जलीय जैविक विविधता संरक्षणका लागि कैलालीको चुरे, मोहन्याल र डोटीको बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा गैरकानुनीरूपमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछा बढेको हो।

कैलाली र डोटीका दुई-दुई गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा जुटेका छन्। नदी तथा खोलामा जथाभावीरूपमा माछा मार्दा अन्य जलचर प्राणी लोप हुन थालेपछि गाउँपालिकाले कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड नदीमा गत मङ्सिरदेखि माछा मार्न प्रतिबन्ध लगाएको चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले बताए। ती गाउँपालिकाले नदीमा महाजाल, विषादी तथा करेन्ट प्रयोग गरी माछा मार्न बन्द लगाउँदा माछाका प्रजातिको  सङ्ख्यामा वृद्धि भएको स्थानीय बासिन्दाको भनाइ छ।

स्थानीय तहले जलचर संरक्षण ऐन बनाएर स्थानीय नदी तथा खोलामा गैरकानुनीरूपमा माछा मार्न बन्द गरी कानुनविपरीत माछा मारे कारवाही गर्दै आएका छन्। ती गाउँपालिकाहरुले जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्रको संरक्षण गर्न थालेका छन्। गाउँपालिकाले संयुक्तरूपमा छुट्टै ऐन कानुन बनाई समूह गठन गरेर समूहलाई नै नदी तथा माछाको संरक्षणको जिम्मा दिएको चुरे गाउँपालिका-१ का वडाध्यक्ष हुकुम बोहराले जानकारी दिए।

उनका अनुसार जलीय जैविक विविधता संरक्षणको जिम्मा स्थानीयवासीलाई दिएपछि ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजातिको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। संरक्षणको जिम्मा स्थानीयवासीलाई नै दिएपछि सहज भएको जनाइएको छ।

ठूलीगाड जलाधार क्षेत्रमा आगामी भदौदेखि संरक्षण समूहले निश्चित रकम लिएर माछा मार्न दिने भएको छ। माछा मार्दा करेन्ट, विष तथा महाजालको प्रयोग गर्न नपाइने भगतपुर जलचर संरक्षण समूहका संयोजक हेमबहादुर भाटले बताए। उनले जालको प्रयोग गरेर मात्र माछा मार्न दिइने बताए। रासस

"> ठूलीगाड नदीमा माछा बढे: Dekhapadhi
ठूलीगाड नदीमा माछा बढे
गोदावरी। कैलाली र डोटीको सीमा भएर बग्ने  ठूलीगाड नदीमा माछा प्रजाति बढेको पाइएको छ। जलीय जैविक विविधता संरक्षणका लागि कैलालीको चुरे, मोहन्याल र डोटीको बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा गैरकानुनीरूपमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछा बढेको हो।

कैलाली र डोटीका दुई-दुई गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा जुटेका छन्। नदी तथा खोलामा जथाभावीरूपमा माछा मार्दा अन्य जलचर प्राणी लोप हुन थालेपछि गाउँपालिकाले कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड नदीमा गत मङ्सिरदेखि माछा मार्न प्रतिबन्ध लगाएको चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले बताए। ती गाउँपालिकाले नदीमा महाजाल, विषादी तथा करेन्ट प्रयोग गरी माछा मार्न बन्द लगाउँदा माछाका प्रजातिको  सङ्ख्यामा वृद्धि भएको स्थानीय बासिन्दाको भनाइ छ।

स्थानीय तहले जलचर संरक्षण ऐन बनाएर स्थानीय नदी तथा खोलामा गैरकानुनीरूपमा माछा मार्न बन्द गरी कानुनविपरीत माछा मारे कारवाही गर्दै आएका छन्। ती गाउँपालिकाहरुले जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्रको संरक्षण गर्न थालेका छन्। गाउँपालिकाले संयुक्तरूपमा छुट्टै ऐन कानुन बनाई समूह गठन गरेर समूहलाई नै नदी तथा माछाको संरक्षणको जिम्मा दिएको चुरे गाउँपालिका-१ का वडाध्यक्ष हुकुम बोहराले जानकारी दिए।

उनका अनुसार जलीय जैविक विविधता संरक्षणको जिम्मा स्थानीयवासीलाई दिएपछि ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजातिको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। संरक्षणको जिम्मा स्थानीयवासीलाई नै दिएपछि सहज भएको जनाइएको छ।

ठूलीगाड जलाधार क्षेत्रमा आगामी भदौदेखि संरक्षण समूहले निश्चित रकम लिएर माछा मार्न दिने भएको छ। माछा मार्दा करेन्ट, विष तथा महाजालको प्रयोग गर्न नपाइने भगतपुर जलचर संरक्षण समूहका संयोजक हेमबहादुर भाटले बताए। उनले जालको प्रयोग गरेर मात्र माछा मार्न दिइने बताए। रासस

प्रतिक्रिया दिनुहोस्