काठमाडौं। इस्लामावादबाट अपहरणमा परेको पाकिस्तानी पत्रकार मतीउल्लाह जान गएराति आफ्नो घर फर्किएका छन्।
लोकतन्त्रविरोधी शक्तिप्रति उनको विमति रहँदै आएको थियो। हिजै उनी अपहरणमा परेका थिए।
अपहरणकारीले उनलाई फतहजङग नजिक छोडिदिएका थिए, त्यहाँबाट उनका भाइले घर लिएर गएका थिए। मतीउल्लाहका पत्रकार साथी एजाज सै्ययदले ट्वीटरमा आफ्नो तस्बीरसमेत राखेर आफ्ना मित्रलाई १२ घण्टापछि रिहा गरिएको उल्लेख गरेका छन्।
मतीउल्लाहको कार इस्लामावादको सेक्टर जी-सिक्समा एक विद्यालयको बाहिर पाइएको थियो। त्यहाँ उनी आफ्नी पत्नीलाई पुर्याउन गएका थिए। उनकी पत्नी सोही विद्यालयमा पढाउँछिन्।
पत्नीले बीबीसीलाई बताएअनुसार मतीउल्लाहले उनाई साढे नौ बजे विद्यालयमा छाडेका थिए। विद्यालयका सुरक्षाकर्मीले साढे ११ बजे उनलाई पतिको कार बाहिर त्यत्तिकै रहेको सूचना दिएका थिए।
उनी भन्छिन्, ‘‘कारको झ्याल खुल्लै थियो। कारको साँचो र फोनसमेत कारमै थियो। त्यसपछि मैले पतिसँग सम्पर्क गर्ने प्रयास गरेँ, तर भएन। अनि प्रहरीलाई खबर गरेँ।’’
विद्यालयको सीसीटीभी फुटेजमा मतीउल्लाहलाई आधा दर्जन मानिसले जबर्जस्ती लिएर गएका देखिएको थियो। फुटेजमा उनले आफ्नो फोन विद्यालयको कम्पाउन्डभित्र फालिरहेको देखिन्थ्यो। त्यसपछि एकजना वर्दीधारी मानिसले उक्त फोन विद्यालयको महिलासँग मागेर लगेको थियो। अपहरणकारीले यी सबै काम निकै चाँडो गरेको थियो।
फुटेजमा अपहरणकारीको अनुहार स्पष्ट नदेखिएको प्रहरीले बताएको छ। यसलाई पुनः सावधानीपूर्पक हेरेपछि पहिचान गर्न सकिने प्रहरीको भनाइ छ।
वर्दीधारी भएकाले ती प्रहरी नै थिए वा अन्य भन्ने पहिचान गर्न नसकिएको आबपरा प्रहरीथानाले बताएको छ। प्रहरी भए पनि कहाँ र कुन थानाका थिए भन्ने पत्ता लगाइने उनीहरुको भनाइ छ।
मतीउल्लाहमाथि गालीबेइज्जती गरेको आरोपमा गत बुधबार एक मुद्दा दाखिल गरिएको थियो। उनको विवादास्पद ट्विटका लागि नोटिस जारी गरिएको हो।
मतीउल्लाह तीन दशकदेखि पाकिस्तानमा पत्रकारिता गर्दै आएका छन्। उनी त्यहाँका कतिपय टेलिभिजन च्यानलसँग जोडिइसकेका छन्। हाल भने उनी यूट्युबमा आफ्नै एक च्यानल चलाउँछन्।
पत्रकार बन्नुअघि उनी सेनामा थिए। उनको अपहरणको पाकिस्तानमा निन्दा भएको छ। उनले सरकारमाथि पटकपटक प्रश्न गर्दै आएका छन्।
(बीबीसी)
" /> काठमाडौं। इस्लामावादबाट अपहरणमा परेको पाकिस्तानी पत्रकार मतीउल्लाह जान गएराति आफ्नो घर फर्किएका छन्।लोकतन्त्रविरोधी शक्तिप्रति उनको विमति रहँदै आएको थियो। हिजै उनी अपहरणमा परेका थिए।

">