पर्वत। लगातारको वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ। वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो।
पर्खाल भत्किएपछि महिला बन्दीगृहमा रहेका बन्दी महिलालाई छिमेकी जिल्ला बागलुङ र म्याग्दी सारिएको छ। महिला बन्दीगृहमा सात बन्दी थिए।
उनीहरूमध्ये पाँचजनालाई बागलुङ र दुईजनालाई म्याग्दी जिल्ला कारागारमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी लसृ। कारागारको जीर्ण बनेको पर्खाल भारी वर्षाका कारण भत्किएको हो। कारागारका अन्य पर्खाल पनि जीर्ण छन्।
यसअघि पनि पर्वत जिल्ला कारागार पटक-पटक भासिने समस्या थियो। १५ जनाको क्षमता रहेको कारागारमा अहिले ८० भन्दा बढी कैदीबन्दी छन्। पुरुषतर्फको बन्दीगृहमा भने हाल कुनै समस्या नरहेको प्रजिअ रेग्मीले बताए। रासस
" /> पर्वत। लगातारको वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ। वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो।पर्खाल भत्किएपछि महिला बन्दीगृहमा रहेका बन्दी महिलालाई छिमेकी जिल्ला बागलुङ र म्याग्दी सारिएको छ। महिला बन्दीगृहमा सात बन्दी थिए।

">