झापा। झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ।
वडा नम्बर ७ मोतीडाँडामा पहिरोले घर पुर्दा मेचीनगर-९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेचीनगरबाट बुद्धशान्ति-७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको गएराति गएको पहिरोले घर पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
अविरल वर्षासँगै गएको पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको छ। रासस
" /> झापा। झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ।वडा नम्बर ७ मोतीडाँडामा पहिरोले घर पुर्दा मेचीनगर-९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

">