दाङ। वन पुनःस्थापना अभियानअन्तर्गत घोराही उपमहानगरपालिका-२ स्थित गौरी सामुदायिक वनमा वृक्षरोपण गरिएको छ।
वन विनास भएर खण्डहर बनेको उक्त क्षेत्रलाई पुनः वनमा फर्काउने उद्देश्यले ६० बिघा क्षेत्रफलमा २८ हजार विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।
‘चुरे पुनःस्थापन अभियान सफल पारौँ’ भन्ने मूल उद्देश्यले वृहत्तर वृक्षरोपणअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहका सदस्य, जनप्रतिनिधिदेखि प्रतिनिधिसभाका सांसदसम्मले एकैपटक सो क्षेत्रमा वृक्षरोपण गरेका छन्।
मौवा, आँप, खयर र बाँसका गरी करिब २८ हजार बिरुवा रोपिएको हो। भूक्षयका कारण खण्डहर बनेको सो क्षेत्रमा बिरुवा रोपिएसँगै भूक्षय रोकिनुका साथै वन जोगिने र आयआर्जनको गतिलो माध्यम बन्ने अपेक्षा गरिएको छ
विभिन्न कारणले वन विनास भई खाली भएका वन क्षेत्रहरुमा वृहत्तर वृक्षरोपण अभियान थालेर वन पुनःस्थापना अभियान थालेको डिभिजनल वन अधिकृत दीपक ज्ञवालीले बताए।
अभियानअन्तर्गत यस वर्ष १६० हेक्टर क्षेत्रफलमा वन पुनःस्थापना गरिने उनले जानकारी दिए। रासस
" /> दाङ। वन पुनःस्थापना अभियानअन्तर्गत घोराही उपमहानगरपालिका-२ स्थित गौरी सामुदायिक वनमा वृक्षरोपण गरिएको छ।वन विनास भएर खण्डहर बनेको उक्त क्षेत्रलाई पुनः वनमा फर्काउने उद्देश्यले ६० बिघा क्षेत्रफलमा २८ हजार विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।

">