काठमाडौं। निजी सवारी साधनमा लगाइएको जोर विरोज प्रणाली आजदेखि हटेको छ। यसअघि जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरको सवारी मात्र चलाउन पाइन्थ्यो। गए मध्यरातदेखि झण्डै चार महीना लामो लकडाउन अन्त्य भएसँगै आजदेखि निजी सवारीमा लगाइएको जोर विजोर प्रणाली हटाइएको हो।
जोर विजोर हट्यो भन्दैमा भीडाभाड नगर्न र अत्यावश्यक कामबाहेक सवारीसाधन लिएर घरबाहिर ननिस्किन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। “नागरिकमा परेको समस्यालाई ध्यानमा राख्दै सरकारले जोर विजोर हटाउने निर्णय गरेको तर, संक्रमणको जोखिम अन्त्य भइसकेको होइन”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भीम ढकालले देखापढीसँग भने, “अब झन् सचेत हुनुपर्ने बेला भएको छ। त्यसैले सामाजिक दूरी र स्वास्थ्य ‘प्रोटोकल’ अक्षरशः पालना गरिदिन हुन सबैमा अनुरोध गर्दछौँ।”

एसएसपी ढकालले कोरोना भाइरसको संक्रमणबाट बच्न नागरिक स्वयं सचेत हुनुपर्ने बताए। उनले सर्वाजनिक सवारीमा चढ्दा पनि तोकिएको स्वास्थ्य मापदण्ड पूरा गर्न अपील गरे। “चालकले पीपीई र मास्क लगाउनुपर्यो, यात्रुले पनि मास्क लगाउने, सामाजिक दूरी कायम गर्दै यात्रा गर्ने, सवारी साधनमा मात्र नभइ अन्यत्र पनि भीडभाड नगर्ने गर्नुपर्छ”, एसएसपी ढकालले थपे, “चोक ट्राफिक रहेनछ भनेर भीडभाडसहित यात्रु चढ्नुभएन, अर्को गाडी पर्खिनुपर्यो, नियम उल्लंघन गर्ने सवारीलाई ट्राफिकले कारबाही गर्छ।”
सार्वजनिक सवारीमा भने जोर विजोर लागू थिएन। सरकारले यसअघि नै जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालन गर्न दिने भनेपनि यातयात व्यवासायीले मानेका थिएनन्। फाट्टफुट्ट बाहेक सार्वजनिक सवारी सञ्चालनमा थिएनन्। यद्यपी, सरकारसँग सहमति भएकाले अब भोलिदेखि भने सार्वजनिक सवारी पनि चलाउने यातायात व्यवसायीले घोषणा गरिसकेका छन्।
सरकारले लामो तथा छोटो दूरीका सार्वजनिक सवारी र आन्तरिक तथा बाह्य हवाई उडान भने १ भदौदेखि मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ।
" /> काठमाडौं। निजी सवारी साधनमा लगाइएको जोर विरोज प्रणाली आजदेखि हटेको छ। यसअघि जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरको सवारी मात्र चलाउन पाइन्थ्यो। गए मध्यरातदेखि झण्डै चार महीना लामो लकडाउन अन्त्य भएसँगै आजदेखि निजी सवारीमा लगाइएको जोर विजोर प्रणाली हटाइएको हो।जोर विजोर हट्यो भन्दैमा भीडाभाड नगर्न र अत्यावश्यक कामबाहेक सवारीसाधन लिएर घरबाहिर ननिस्किन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। “नागरिकमा परेको समस्यालाई ध्यानमा राख्दै सरकारले जोर विजोर हटाउने निर्णय गरेको तर, संक्रमणको जोखिम अन्त्य भइसकेको होइन”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भीम ढकालले देखापढीसँग भने, “अब झन् सचेत हुनुपर्ने बेला भएको छ। त्यसैले सामाजिक दूरी र स्वास्थ्य ‘प्रोटोकल’ अक्षरशः पालना गरिदिन हुन सबैमा अनुरोध गर्दछौँ।”

">