काठमाडौं। लगातार भइरहेको भारी वर्षा तुलनात्मक रूपमा केही रोकिएको छ।
देशभर सामान्य बदली रही अहिले प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने महाशाखाले जनाएको छ।
त्यस्तै ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।
नेपाल नजिक आएको मनसुनी न्यून चापीय रेखा पश्चिमि भू-भागमा नेपालबाट दक्षिण सरेको र पूर्वी भू-भागमा नेपाल नजिक रहेको महाशाखाको भनाइ छ।
हाल मनसुनी वायुको प्रभावले देशभरको मौसमलाई असर गरेको छ।
" /> काठमाडौं। लगातार भइरहेको भारी वर्षा तुलनात्मक रूपमा केही रोकिएको छ।देशभर सामान्य बदली रही अहिले प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

">