नुवाकोट। नुवाकोट सरोकार समाजले विदुर नगरपालिका-२ स्थित बाराही सामुदायिक वनमा नेपाली सेनाको ब्यारेक सार्न लागिएकोमा चिन्ता गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको छ।
स्थानीयवासीको बस्ती रहेको र नेवार समुदायको सामाजिक कार्यसमेत सो क्षेत्रमा हुने भएकाले त्यहाँ सेनाको कुनै ब्यारेक वा तालिम केन्द्र राख्न नहुने समाजको भनाइ छ।
समाजका अध्यक्ष रामशरण प्याकूरेल र महासचिव अनुजकुमार श्रेष्ठसहितको प्रतिनिधिमण्डलको ध्यानाकर्षणपछि रक्षामन्त्री पोखरेलले सोबारे स्थानीय निर्वाचित जनप्रतिनिधिमूलक निकाय र प्रशासनसँग बुझेर जानकारी गराउन मन्त्रालयका सचिवमार्फत नेपाली सेनालाई निर्देश गरिने बताए।
सेनाले स्थानीय सम्बन्धित पक्षको परामर्श र आफ्नो रणानीतिक आवश्यकताका आधारमा ब्यारेक वा तालीम केन्द्र खोल्ने वा सार्ने भएको पनि स्पष्ट गरे।
बट्टारस्थित बारही वनमा ऐतिहासिक महत्वको लिच्छविकालीन बाराही मन्दिर रहेको छ। सो मन्दिरमा स्थानीय नेवार समुदायले विवाह, पास्नी, गुफा संस्कारपछि पूजाआजा गरी पारिवारिक जमघट गर्दै आएकाले त्यहाँ सेनाका तालिम केन्द्र नराख्न समाजले आवाज उठाउँदै आएको छ। रासस
" /> नुवाकोट। नुवाकोट सरोकार समाजले विदुर नगरपालिका-२ स्थित बाराही सामुदायिक वनमा नेपाली सेनाको ब्यारेक सार्न लागिएकोमा चिन्ता गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको छ।स्थानीयवासीको बस्ती रहेको र नेवार समुदायको सामाजिक कार्यसमेत सो क्षेत्रमा हुने भएकाले त्यहाँ सेनाको कुनै ब्यारेक वा तालिम केन्द्र राख्न नहुने समाजको भनाइ छ।

">