दिल्लीमा प्रत्येक चारमध्ये एकजनालाई कोरोना संक्रमण !

काठमाडौं। भारतको राजधानी दिल्लीमा प्रत्येक चार मानिसमध्ये एकमा कोरोना भाइरसको संक्रमण हुन सक्ने एक सर्भेले देखाएको छ।

भारतको नेशनल सेन्टर फर डिजिज कन्ट्रोलले राजधानी दिल्लीमा २१ हजार ३८७ जनामा गरेको परीक्षणमा २३.४८ प्रतिशत मानिसमा कोभिड-१९ को एण्टीबडी देखिएको थियो।

सर्भेकाे नतिजाबाट दिल्लीमा कोरोना भाइरस संक्रमणको अवस्था भनिँदै आएभन्दा धेरै बढी खराब देखिएको विज्ञहरूलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ।

दिल्लीमा अहिलेसम्म एक लाख २३ हजार ७४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जुन एक करोड ९८ लाख जनसंख्या भएको राजधानीमा एक प्रतिशतभन्दा पनि कम हो।

ताजा सर्भेको तथ्यांकअनुसार २३.४८ प्रतिशतको हिसाब गर्ने हो भने दिल्लीमा ४६ लाख ५० हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण भएको अनुमान छ।

दिल्लीमा संक्रमण पुष्टि भएकामा पनि कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले परीक्षणमा समस्या भएको र यकिन तथ्यांक निकाल्न कठिन भएको सरकारी पक्षले बताएको छ।

प्रतिक्रिया दिनुहोस्