जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
<p style="text-align: justify;">काठमाडौं। नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७४ वर्षीय वृद्ध पक्राउ परेका छन्।</p>
<p style="text-align: justify;">झापाको दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर बस्ने ७४ वर्षीय टंक राईलाई प्रहरीले पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">घटनाबारे थप अनुसन्धान भइरहेको छ।</p>