काठमाडौं। देशका विभिन्न स्थानमा गएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, धादिङ, नवलपरासी र दार्चुलामा गरेर ९ जनाको मृत्यु भएको हो।

काठमाडौंको टोखा नगरपालिका-१, पासिडाँडामा आज आएको पहिरोमा परी सोही ठाउँ बस्ने राजकुमार रानामगरका ३ वर्षीय जुम्ल्यहा छोरा–छोरी सचिन रानामगर र सन्ध्या रानामगरको मृत्यु भएको छ।

उनीहरू पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा दुवैको शव फेला पारेको हो।

धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका-६ गोलाङपारी बनमा आज बिहान आएको पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका २५ वर्षीय मिलन खाँण, २२ वर्षीया श्रीमती सम्झना खाँण र तीन वर्षीया छोरी अन्जिता खाँण छन्।

पहिरोले घर बगाउँदा उनीहरू बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सल्यानटारबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा तीनैजनाको शव फेला पारेको हो।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटार गाउँपालिका-२, टाँडीमा आज बिहान आएको पहिरोमा परी सोही स्थानका ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खिलमाया नेपालीको मृत्यु भएको छ।

उक्त स्थानमा पहिरोले घर बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुलिङबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो।

त्यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका-८, औडाखान बस्ने ३५ वर्षीया लक्ष्मी ढोलीको घरमा आएको पहिरोमा परी उनका भाइहरू २४ वर्षीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको छ।

उक्त स्थानमा पहिरो आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शंकरपुरबाट खटिएको प्रहरीले लक्ष्मी ढोली, उनको ९ वर्षीय छोरा सुभम परियार र छोरी सोनिया परियारलाई सकुशल उद्धार गरेको थियो भने दुईजना भाइको शव फेला पारेको थियो।

घाइतेहरूको स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा गएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ।

"> पहिरोमा परेर ९ जनाको मृत्यु: Dekhapadhi
पहिरोमा परेर ९ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्