काठमाडौं। काठमाडौंको टोखामा गएको पहिरोले जुम्ल्याहाको मृत्यु भएको छ।
आज बिहान टोखा नगरपालिका-१, तासीडाँडामा पहिरो खस्दा तीन वर्षीया सचिन रानामगर र सन्ध्या रानामगरको मृत्यु भएको हो।
बिहान १० बजे खाना खाइरहेका बेला पहिरो खसेर पुरिँदा उनीहरूको मृत्यु भएको टोखा-१ का अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए
स्थायी घर धनकुटा भएका उनीहरू बुबाआमासँग बस्दै आएका थिए।
उनीहरूका बुबा कुमार रानामगर कुखुरा फार्म तीन वर्षदेखि सञ्चालन गर्दैै आएका छन्।
“बिहान १० बजेतिर ७÷८ जना खाना खाइरहेका बेला अचानक पहिरो खस्दा दुईजना जुम्ल्याहा बच्चाको मृत्यु भएको हो,” वडाध्यक्ष अधिकारीले भने, “पहिरो आएको थाहा पाएपछि खाना खाइरहेका अरू भाग्न भ्याएका थिए।”
" /> काठमाडौं। काठमाडौंको टोखामा गएको पहिरोले जुम्ल्याहाको मृत्यु भएको छ।आज बिहान टोखा नगरपालिका-१, तासीडाँडामा पहिरो खस्दा तीन वर्षीया सचिन रानामगर र सन्ध्या रानामगरको मृत्यु भएको हो।

">