काठमाडौं। चीनको खासा क्षेत्रमा रहेको ‘केरूङ च्छो’ तालमा पानीको सतह घट्न थालेपछि भोटेकोशी किनारका स्थानीयलाई राहत महसुस भएको छ।
पोखरीमा पानीको सतह एक मिटर घटेको चिनियाँ पक्षले जानकारी गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
“फुट्ने जोखिम रहेको भनिएको पोखरीमा पानीको सतह एक मिटर घटेको जानकारी आएको छ। पोखरीको अवस्था बारेमा त्यहाँका प्राविधिक टोलीले अध्ययन गरिरहेका छन्। साउन ७ गते बिहानसम्ममा विस्तृत जानकारी दिन्छौं भनेका छन्”, ढकालले देखापढीसँग भने।
पोखरीकै कारण तत्कालको लागि भोटेकोशी किनारमा बाढी आउने सम्भावना कम भएको तर, पानी परिरहेकाले सचेत भने हुनुपर्ने ढकालले बताए।
चीनको न्यालम क्षेत्रमा अत्यधिक पानी पर्दा ‘केरूङ च्छो’ पोखरी फुट्ने अवस्थामा पुगेको भन्दै भोटेकोशी किनारका स्थानीयलाई सचेत गराउन चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई जानकारी गराएको थियो।
त्यसपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले साउन ५ मा सूचना प्रकाशन गरेर भोटेकोशी नदीमा आकस्मिकरूपमा पानीको बहाव बढ्न सक्ने भएकाले स्थानीयलाई सचेत रहन सूचित गरेको थियो।
सिन्धुपाल्चोकको तातोपानी नाकाबाट करीब ४५ किलोमिटर टाढा रहेको तिब्बतको कुती बजारमा रहेको ‘केरूङ च्छो’ तालको पानी भोटेकोशीमा मिसिन्छ। अत्याधिक वर्षाका कारण ताल भरिएकाले फुट्न सक्ने पूर्वानुमान गरिएको थियो। केही गरी ताल फुटेमा भोटेकोशीमा पानीको बहाव बढ्छ।
अहिले न्यालम क्षेत्रमा पानी पर्न रोकिएपछि तालमा पानीको मात्रा घट्न थालेको चिनियाँ पक्षले सिन्धुपाल्चोक प्रशासनलाई जानकारी गराएको छ। यससँगै भोटेकोशी किनारका स्थानीय केही हदसम्म जोखिममुक्त भएका छन्।
भोटेकोशी नदी किनारमा रहेका भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिका र बलेफी गाउँपालिकाले स्थानीयलाई भोटेकोशीमा आउन सक्ने बाढीको बारेमा सचेत गराउँदै उक्त क्षेत्र छोडी सुरक्षित क्षेत्रमा जान सचेत गराएका थिए।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले सूचित गरेपछि भोटेकोशी नदी किनारका स्थानीय साउन ५ को साँझदेखि नै घर छोडेर सुरक्षित स्थानमा सरेको बाह्रबीसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताए।
“नदी किनारका स्थानीयलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाएका छौं। भोटेकोशीमा बाढी आउन सक्ने जानकारी आएकाले मानवीय क्षति नहोस् भन्नेमा ध्यान दिएका छौं”, शेर्पाले भने।
यसअघि बाह्रबीसे नगरपालिकाको जम्बुमा बाढी आउँदा ठूलो मात्रामा धनजनको क्षति भएको थियो। आगामी दिनमा त्यस्तो अवस्था नआओस् भनेर पूर्व तयारी गरिएको शेर्पाले बताए।
" /> काठमाडौं। चीनको खासा क्षेत्रमा रहेको ‘केरूङ च्छो’ तालमा पानीको सतह घट्न थालेपछि भोटेकोशी किनारका स्थानीयलाई राहत महसुस भएको छ।पोखरीमा पानीको सतह एक मिटर घटेको चिनियाँ पक्षले जानकारी गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

">