काठमाडौं। तेह्रथुमको लालीगुँरास नगरपालिका–९ स्थित ढाडेखोलामा डुबेर जिरीखिम्ती बजार डेरा गरी बस्ने म्याङलुङ नगरपालिका–६ अम्फुवा घर भएकी ३६ वर्षीया अञ्जना लिम्बुको सोमबार दिउँसो मृत्यु भएको छ।
अञ्जना र उनका श्रीमान ३६ वर्षीय भेषराज लिम्बु ढाडेखोला तर्ने क्रममा दुवैजनालाई बगाएको थियो।
भेषराज भने खोलाबाट निस्किन सफल भएका थिए।
अञ्जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरिखिम्ति र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाको बीच भागमा उनको शव फेला परेको हो।
भेषराजलाई उपचारको लागि जिल्ला अस्पताल म्याङलुङतर्फ पठाइएको छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै धनुषाको सबैला नगरपालिका–४, कोलठिया बल्टियास्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने ५० वर्षीय रामबहादुर सदाको सोमबार दिउँसो मृत्यु भएको छ।
" /> काठमाडौं। तेह्रथुमको लालीगुँरास नगरपालिका–९ स्थित ढाडेखोलामा डुबेर जिरीखिम्ती बजार डेरा गरी बस्ने म्याङलुङ नगरपालिका–६ अम्फुवा घर भएकी ३६ वर्षीया अञ्जना लिम्बुको सोमबार दिउँसो मृत्यु भएको छ।अञ्जना र उनका श्रीमान ३६ वर्षीय भेषराज लिम्बु ढाडेखोला तर्ने क्रममा दुवैजनालाई बगाएको थियो।

">