बाढीपहिरोले देशभरका दर्जनौं सडक अवरूद्ध, कुन सडकको अवस्था के छ? (विवरणसहित)

काठमाडौं। लगातार परिरहेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका ठूला तथा साना सडक अवरूद्ध भएका छन्।

वर्षापछि आएको बाढीकै कारण पृथ्वी राजमार्गको मौवाखोलामा पुल बगाउँदा काठमाडौं प्रवेश गर्ने मुख्य सडक नै बन्द भएको छ।

हिजोदेखि पुल भत्किएपछि यातायात सेवा नै अवरूद्ध भएको छ। त्यस्तै लगातार परिरहेको अविरल वर्षाकै कारण देशका विभिन्न सडकहरू अवरूद्ध भएको सडक विभागले जनाएको छ।

“काठमाडौं प्रवेश गर्ने मुख्य सडक अवरूद्ध भएकोले सुचारू गर्न प्रयास भइरहेको छ,” सडक विभागका प्रवक्ता एवं उपमहानिर्देशक शिवहरि सापकोटाले भने, “मौसमले साथ दिएमा भोलिसम्म हामीले सुचारू गर्नका लागि जनशक्ति परिचालन गरिसकेका छौं।”

सडक विभागको तथ्यांकअनुसार पछिल्लो एक हप्ताको अवधिमा देशभरका ३६ वटा साना-ठूला सडक अवरूद्ध रहेका छन्।

त्यस्तै १७ वटा सडक आंशिक र एकतर्फी रूपमा सुचारू गरिएका छन्। ३८ वटा सडक भने सुचारू गरिएको विभागले जनाएको छ।

“ठाउँ-ठाउँमा पहिरो जाने र सडक अवरूद्ध हुने क्रम जारी नै छ,” सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले भने, “सडक विभागको जनशक्ति र आवश्यक सामग्री परिचालन भएर काम भइरहेको छ।”

अरनिको राजमार्ग विभिन्न ६ स्थानमा अवरूद्ध भएको छ। साँफेबगर मार्तडी सडकखण्ड भने १० दिनदेखि अवरूद्ध रहेको विभागले जनाएको छ।

बूढीगंगा नदीको बहावले सडक कटान गरेपछि अवरूद्ध भएको सडक सुचारू गर्ने प्रयास भइरहेको सडक डिभिजन साँफेबगर अछामले जनाएको छ। उक्त सडककै अन्य तीन स्थानमा पनि सडक अवरूद्ध भएको छ।

बेनी-जोमसोम-केरला सडक असार २७ गतेदेखि अवरूद्ध छ। बीपी राजमार्ग र सिद्धिचरण राजमार्गका केही स्थानमा अवरूद्ध सडक सुचारू भइसकेको छ। तर सिद्धिचरणकै सिस्नेभिर क्षेत्रमा अवरूद्ध सडक र बीपी राजमार्गकै कमेरेफाट-टुपिडाँडा क्षेत्रमा चार ठाउँमा अवरूद्ध सडक भने सुचारू हुन सकेको छैन।

नारायणगढ मुग्लिङ सडकअन्तर्गत चारकिलो डाँडामा निरन्तर वर्षाका कारण सडक अवरूद्ध छ। त्यस्तै मलेखु-मुग्लिङको जोगिमारामा पहिरो खस्दा सडक हिजोदेखि अवरूद्ध छ। त्यस्तै मलेखु-धादिङबेसीको परेवाटार क्षेत्रमा पनि हिजोदेखि सडक अवरूद्ध हुन पुगेको छ। डुम्रे बेसीशहर सडकमा पनि सडक अवरूद्ध भएर यातायात अवरूद्ध छ। त्यस्तै बेसीशहर-चामे सडकअन्तर्गत नौ स्थानमा सडक अवरूद्ध भएको छ। वर्षा हुने क्रम नरोकिएकाले त्यहाँ सुचारू गर्न नसकिएको विभागले जनाएको छ।

“ठाउँ-ठाउँमा पहिरो जाने र सडक अवरूद्ध हुने क्रम जारी नै छ,” प्रवक्ता सापकोटाले भने, “सडक विभागको जनशक्ति र आवश्यक सामग्री परिचालन भएर काम भइरहेको छ।”

उनका अनुसार मनसुन शुरू भएयता नै विभागले बाढी र पहिरोका कारण सडक अवरूद्ध हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गरेको थियो। विभागका अनुसार अहिलेसम्म क्षति के कति भयो भन्ने यकिन विवरण संकलन भइसकेको छैन।

बाढीपहिराेबाट प्रभावित सडकहरूकाे पूर्ण विवरण:

प्रतिक्रिया दिनुहोस्