जलेश्वर। यहाँको रातो खोलाले आज एक स्थानीय व्यक्तिलाई बगाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार महोत्तरी जिल्लाको भंगहा नगरपालिका-६ बस्ने ४० वर्षीय वरेन्द्र कापरलाई बिहान करीब साढे १० बजे खोलाले बगाएको हो।
धनुषाको जनकपुरबाट साइकलमा चढी आफ्नो घर जाँदै गरेका कापर बलवा नगरपालिका-११ स्थित भगवतीपुर र कविलासाका बीचमा पर्ने खोलामा साइकल काँधमा राखी तर्न लागेपछि अचानक आएको बाढीले बगाई बेपत्ता भएका हुन्।
स्थानीयवासी र प्रहरीको टोलीले खोजी गरिरहे पनि उनी फेला परेका छैनन्। रासस
" /> जलेश्वर। यहाँको रातो खोलाले आज एक स्थानीय व्यक्तिलाई बगाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार महोत्तरी जिल्लाको भंगहा नगरपालिका-६ बस्ने ४० वर्षीय वरेन्द्र कापरलाई बिहान करीब साढे १० बजे खोलाले बगाएको हो।

">