बाँके। बाँकेको रोहिणी र डुडुवाखोलाको कटानले कोहलपुर नगरपालिकाका तीन टोल जोखिममा परेका छन्। कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवाखोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टारलगायत टोल जोखिममा रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए।      

उनका अनुसार रोहिणी र डुडुवाखोलाको बाढीका कारण कोहलपुर नगरपालिकाको वडा नम्बर ७, ८, १०, ११, १२ र १३ गरी पाँच वडाका बासिन्दा प्रभावित हुँदै आएका छन्। खोलाको कटान रोकथामका लागि आवश्यक पहल गरिए पनि खोलाको बहावले धार फेर्दा बर्सेनि ठूलो क्षति हुँदै आएको छ। 

डुडुवा र रोहिणीखोलामा आएको बाढीले तीव्ररूपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ। बस्ती बचाउन नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाइ छ।   केही दिनयता निरन्तर परेको पानीले कोहलपुर–१२ स्थित जानकीनगर टोल रोहिणीखोलाको तीव्र कटानले जोखिममा परेको स्थानीयवासी एवं कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले  बताइन्।

लगातारको वर्षाका कारण रोहिणी खोलामा आएको बाढीले करिब १५ मिटर कटान गरी बहाव परिवर्तन गरी बस्तीतिर फर्केकाले जोखिम बढेको वलीले बताइन्। तीन मिटरको चौडाइमा रहेको रोहिणीखोलाले कटान तीव्र पार्दै अहिले १५ मिटरभन्दा बढी फैलिएको उनको भनाइ छ। रासस         

" /> बाँके। बाँकेको रोहिणी र डुडुवाखोलाको कटानले कोहलपुर नगरपालिकाका तीन टोल जोखिममा परेका छन्। कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवाखोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टारलगायत टोल जोखिममा रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए।      

उनका अनुसार रोहिणी र डुडुवाखोलाको बाढीका कारण कोहलपुर नगरपालिकाको वडा नम्बर ७, ८, १०, ११, १२ र १३ गरी पाँच वडाका बासिन्दा प्रभावित हुँदै आएका छन्। खोलाको कटान रोकथामका लागि आवश्यक पहल गरिए पनि खोलाको बहावले धार फेर्दा बर्सेनि ठूलो क्षति हुँदै आएको छ। 

डुडुवा र रोहिणीखोलामा आएको बाढीले तीव्ररूपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ। बस्ती बचाउन नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाइ छ।   केही दिनयता निरन्तर परेको पानीले कोहलपुर–१२ स्थित जानकीनगर टोल रोहिणीखोलाको तीव्र कटानले जोखिममा परेको स्थानीयवासी एवं कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले  बताइन्।

लगातारको वर्षाका कारण रोहिणी खोलामा आएको बाढीले करिब १५ मिटर कटान गरी बहाव परिवर्तन गरी बस्तीतिर फर्केकाले जोखिम बढेको वलीले बताइन्। तीन मिटरको चौडाइमा रहेको रोहिणीखोलाले कटान तीव्र पार्दै अहिले १५ मिटरभन्दा बढी फैलिएको उनको भनाइ छ। रासस         

"> रोहिणी र डुडुवा खोलाको कटानले बस्ती जोखिममा    : Dekhapadhi
रोहिणी र डुडुवा खोलाको कटानले बस्ती जोखिममा     <p style="text-align: justify;">बाँके। बाँकेको रोहिणी र डुडुवाखोलाको कटानले कोहलपुर नगरपालिकाका तीन टोल जोखिममा परेका छन्। कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवाखोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टारलगायत टोल जोखिममा रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए। &nbsp; &nbsp; &nbsp;</p> <p style="text-align: justify;">उनका अनुसार रोहिणी र डुडुवाखोलाको बाढीका कारण कोहलपुर नगरपालिकाको वडा नम्बर ७, ८, १०, ११, १२ र १३ गरी पाँच वडाका बासिन्दा प्रभावित हुँदै आएका छन्। खोलाको कटान रोकथामका लागि आवश्यक पहल गरिए पनि खोलाको बहावले धार फेर्दा बर्सेनि ठूलो क्षति हुँदै आएको छ।&nbsp;</p> <p style="text-align: justify;">डुडुवा र रोहिणीखोलामा आएको बाढीले तीव्ररूपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ। बस्ती बचाउन नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाइ छ। &nbsp; केही दिनयता निरन्तर परेको पानीले कोहलपुर&ndash;१२ स्थित जानकीनगर टोल रोहिणीखोलाको तीव्र कटानले जोखिममा परेको स्थानीयवासी एवं कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले &nbsp;बताइन्।</p> <p style="text-align: justify;">लगातारको वर्षाका कारण रोहिणी खोलामा आएको बाढीले करिब १५ मिटर कटान गरी बहाव परिवर्तन गरी बस्तीतिर फर्केकाले जोखिम बढेको वलीले बताइन्। तीन मिटरको चौडाइमा रहेको रोहिणीखोलाले कटान तीव्र पार्दै अहिले १५ मिटरभन्दा बढी फैलिएको उनको भनाइ छ। <em>रासस &nbsp; &nbsp;&nbsp; &nbsp; &nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्