काठमाडौं। नेपाल रेडक्रस समाजले बाढीपहिरोबाट कम्तिमा दुई हजार ४३८ परिवार विस्थापित भएको र तीन हजार ३५७ परिवारलाई गम्भीर असर परेको बताएको छ।
प्रारम्भिक प्रतिवेदन अनुसार ४१५ घर पूर्ण क्षति र ५६५ घरमा आंशिक क्षति पुगेको रेडक्रस सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।
मनसुनी वर्षाको कारण बाढीपहिरोले जनधनको क्षति भइरहेको र कोभिड-१९ महामारीले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरी राहत वितरण कार्यलाई तीब्र बनाएको छ।
सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत पहिरोबाट अति प्रभावित १८ जिल्लाहरूका २२५ परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलव्ध गराएको छ।
वितरित सामग्री सेटमा तार्पोलिन-१, कम्बल-२, महिलाको सारी- १, सिलाउने कपडा-१४.५ मीटर, भाँडाकुडा सेट-१, बाल्टी-१ र नाइनलको डोरी १० मिटर लगायतका सामग्री छन्। त्यसरी वितरित सामग्री प्रतिसेटको मूल्य १० हजार रहेको छ।
“अहिलेसम्म २५ लाख मूल्य बढीको सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलव्ध गराइएको छ र ५ हजार परिवारसम्मलाई सहयोग गर्ने तयारीमा छौँ,” नेपाल रेडक्रस विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले भनिन्, “नेपाल सरकारसमेतको समन्वयमा बनाइएको मनसून पूर्वतयारी योजना मुताविक हामीले उद्धार, राहत सेवा पुर्याइरहेका छौँ।”
यसका अतिरिक्त प्रभावितहरूलाई तत्कालको आवश्यकता अनुसार ५८२ वटा तार्पोलिन, ३९२ वटा कम्मल, १५ सेट भाँडाकुडा र २ वटा टेन्ट उपलव्ध गराइएको छ।
बाढी प्रतिकार्यको लागि ३४ वटा टोली देशभर परिचालित छन् ।
यसैबीच हिजो सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले विस्थापित भएका २० परिवारलाई तत्कालै राहत सामग्री उपलव्ध गराइएको छ। जाजरकोटको बारेकोटमा पनि पहिलो चरणको राहत सामग्री पुर्याइएको छ।
" /> काठमाडौं। नेपाल रेडक्रस समाजले बाढीपहिरोबाट कम्तिमा दुई हजार ४३८ परिवार विस्थापित भएको र तीन हजार ३५७ परिवारलाई गम्भीर असर परेको बताएको छ।मनसुनी वर्षाको कारण बाढीपहिरोले जनधनको क्षति भइरहेको र कोभिड-१९ महामारीले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरी राहत वितरण कार्यलाई तीब्र बनाएको छ।

">