भक्तपुर। बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुर नगरपालिका-५ घर भई हाल सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।
प्रतिभा नायभा श्रेष्ठको जाहेरी रहेको मुद्दामा भक्तपुर जिल्ला अदालतले २७ माघ २०७६ मा पाँच दिन कैद र ६ लाख ९६ हजार १०० जरिवाना फैसला गरेको प्रहरीले बताएको छ।
फरार रहेका प्रधानाङ्गलाई भक्तपुरको प्रहरी टोलीले पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौ पठाउने आदेश भएपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
त्यसैगरी चोरी मुद्दामा दोषी ठहर गर्दै जरिवाना फैसला भएका भक्तपुर नगरपालिका-९ कमलविनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई पक्राउ गरी जरिवाना असुल गरिएको छ।
भक्तपुर जिल्ला अदालतले गत २७ माघमा ११ हजार जरिवाना फैसला गरे पछि उनी फरार थिए। रासस
" /> भक्तपुर। बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुर नगरपालिका-५ घर भई हाल सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।प्रतिभा नायभा श्रेष्ठको जाहेरी रहेको मुद्दामा भक्तपुर जिल्ला अदालतले २७ माघ २०७६ मा पाँच दिन कैद र ६ लाख ९६ हजार १०० जरिवाना फैसला गरेको प्रहरीले बताएको छ।

">