कैलाली। दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ शंकरपुर पस्तीमा पहिरोले घर पुरिएर दाजुभाइको मृत्यु भएको छ। घटनामा तीनजना घाइते भएका छन्।
आज बिहान ३ बजेतिर घरमाथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका-५ घर भएका २५ वर्षीय अर्जुन दर्जी र उनका भाइ २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले देखापढीलाई बताए ।
सोही घटनामा घरधनी लक्ष्मी ढोली, उनका ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाइते भएको सिंहले जानकारी दिए।
अहिले प्रहरी र स्थानीय मिलेर पहिरो पन्छाउने काम भइरहेको छ। घाइतेलाई अस्पताल लैजान तयारी भइरहेको छ।
पहिरोले पुरिएर गम्भीर घाइते भएका आमा-छोरीलाई थप उपचारको सुविधायुक्त ठाउँमा पठाउन हेलिकप्टरको लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
" /> कैलाली। दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ शंकरपुर पस्तीमा पहिरोले घर पुरिएर दाजुभाइको मृत्यु भएको छ। घटनामा तीनजना घाइते भएका छन्।आज बिहान ३ बजेतिर घरमाथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका-५ घर भएका २५ वर्षीय अर्जुन दर्जी र उनका भाइ २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले देखापढीलाई बताए ।

">