चितवन। पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्। चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ। सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ। कार्यालयका प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ।

बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ। उनले भने, “मुग्लिङ–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्। सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ।”  मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए। यसका लागि नुवाकोटबाट जाली मगाइएको छ। बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ। बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए। स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले बताए।      

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए। “पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन। काम थालेपछि दुई दिन हामीलाई लाग्छ”, उनले भने। अन्य खुला रहेका सडक प्रयोग गर्न उनले सुझाव दिए। वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ।   

यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन। डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियरका शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरू गरिनेछ। काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले बताए। रासस

" /> चितवन। पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्। चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ। सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ। कार्यालयका प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ।

बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ। उनले भने, “मुग्लिङ–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्। सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ।”  मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए। यसका लागि नुवाकोटबाट जाली मगाइएको छ। बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ। बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए। स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले बताए।      

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए। “पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन। काम थालेपछि दुई दिन हामीलाई लाग्छ”, उनले भने। अन्य खुला रहेका सडक प्रयोग गर्न उनले सुझाव दिए। वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ।   

यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन। डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियरका शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरू गरिनेछ। काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले बताए। रासस

"> पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन दुई दिन लाग्ने    : Dekhapadhi
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन दुई दिन लाग्ने     <p style="text-align: justify;">चितवन। पृथ्वी राजमार्गको मुग्लिन&ndash;नौबिसे सडकखण्डमा साना&ndash;ठूला २०० भन्दा बढी पहिरो खसेका छन्। चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ।&nbsp;सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ। कार्यालयका प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ।</p> <p style="text-align: justify;">बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ। उनले भने, &ldquo;मुग्लिङ&ndash;नौबिसे सडकखण्डमा मात्र साना&ndash;ठूला २०० भन्दा बढी पहिरो खसेका छन्। सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ।&rdquo; &nbsp;मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए। यसका लागि नुवाकोटबाट जाली मगाइएको छ। बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ। बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए। स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले बताए। &nbsp; &nbsp; &nbsp;</p> <p style="text-align: justify;">सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए। &ldquo;पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन। काम थालेपछि दुई दिन हामीलाई लाग्छ&rdquo;, उनले भने। अन्य खुला रहेका सडक प्रयोग गर्न उनले सुझाव दिए। वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">यता नारायणगढ&ndash;मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन। डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियरका शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरू गरिनेछ। काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्