डोटी। सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको जोगीडाब्रेमा स्थापना गरिएको सशस्त्र प्रहरीको ३६ नम्बर गण अहिलेसम्म आफ्नो भवन नहुँदा शिक्षक तालिम केन्द्रमा बस्दै आएको छ। स्थापना भएको तीन वर्ष बितिसक्दासमेत आफ्नो भवन नहुँदा निकै समस्या हुँदै आएको गणले जनाएको छ।
भवन त परै जाओस् गण निर्माणका लागि जग्गासमेत खरिद नगरिएका कारण समस्या उत्पन्न हुन थालेको छ। उक्त गण स्थापनाका लागि तीन वर्ष पहिले दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा रहेको शिक्षक तालिम केन्द्रका भवन दिइएपछि अहिले सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि आउने शिक्षकलाई बास बस्नका लागि समेत समस्या हुँदै आएको शिक्षक तालिम केन्द्र जोगीडाब्रेले जनाएको छ।
स्थापना गरिएको तीन वर्ष बितिसक्दा समेत आफूहरूका आफ्नो भवन नभएका कारण शिक्षक तालिम केन्द्रले अस्थायीरूपमा प्रदान गरेको आवासगृहमा बस्दै आएको सशस्त्र प्रहरी बल ३६ नम्बर गण हेडक्वार्टर डोटीका सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए।
दिपायल सिलगढी नगरपालिकालाई जग्गाका लागि अनुरोध गरिएको भए पनि हालसम्म जग्गा खरिद गर्न नसकिएका कारण झनै समस्या भएको सशस्त्र प्रहरीले जनाएको छ। गण स्थापनाका लागि आवश्यक पर्ने कम्तीमा १५ देखि २० रोपनी जमीन उपयुक्त ठाउँमा नपाइएका कारण जग्गा खरिद गर्न नसकिएको नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताए।
“सशस्त्र प्रहरीको गण स्थापनाका लागि हामीले जग्गा खरिद प्रक्रियाको थालनी गरेका छौँ, उपयुक्त ठाउँमा जमीन नपाएकाले समस्या भएको हो, जग्गा खोजीकार्य हुँदैछ”, उनले भने। विसं २०७५ मा स्थापना भएको उक्त गणमा कूल दरबन्दी ८०० देखि ९०० जनासम्म कायम भए पनि ठाउँ अभावका कारण कतिपय सशस्त्र प्रहरी कैलालीमा रहेको सशस्त्र प्रहरीको नम्बर ५ बाहिनी तथा गणमा एटेचमा कार्यरत रहेको बताइएको छ। रासस
" /> डोटी। सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको जोगीडाब्रेमा स्थापना गरिएको सशस्त्र प्रहरीको ३६ नम्बर गण अहिलेसम्म आफ्नो भवन नहुँदा शिक्षक तालिम केन्द्रमा बस्दै आएको छ। स्थापना भएको तीन वर्ष बितिसक्दासमेत आफ्नो भवन नहुँदा निकै समस्या हुँदै आएको गणले जनाएको छ।भवन त परै जाओस् गण निर्माणका लागि जग्गासमेत खरिद नगरिएका कारण समस्या उत्पन्न हुन थालेको छ। उक्त गण स्थापनाका लागि तीन वर्ष पहिले दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा रहेको शिक्षक तालिम केन्द्रका भवन दिइएपछि अहिले सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि आउने शिक्षकलाई बास बस्नका लागि समेत समस्या हुँदै आएको शिक्षक तालिम केन्द्र जोगीडाब्रेले जनाएको छ।

">