काठमाडाैं। गत चैत ११ गते नेपाल सरकारले गरेको बन्दाबन्दी अवधिमा सुर्खेतमा एक हजार ६३ सवारीसाधन कारबाहीमा परेका छन्।
बन्दाबन्दी अवधिभर कारबाहीमा परेका सवारीसाधनमा ८०६ मोटरसाइकल, ३४ स्कुटर, २२ जीप भ्यान, १६ ट्रयाक्टर, १७२ अटो र १३ ट्रक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।
कारबाहीमा परेका सवारीसाधनबाट ६ लाख ६२ हजार राजश्व संकलन भएको बताइएको छ।
त्यसैगरी सो अवधिमा बन्दाबन्दी उल्लङ्घन गर्ने व्यक्तिलाई पनि प्रहरीले कारबाही गरेको छ।
प्रहरीले ३२२ महिला र ६२४ पुरुष गरी ९४६ व्यक्तिलाई कारबाही गरेको हो।
डीएसपी मगरका अनुसार सरकारले लागू गरेको नियम विपरीत मास्क नलगाउने र हिँड्डुल गर्नेलाई कारबाही गर्दा २४ हजार राजश्व संकलन भएको छ।
गत असार २४ यता हिँड्डुल गर्दा मास्क अनिवार्य गरेको प्रहरीले सो अवधिमा नागरिकलाई कोरोना संक्रमणबारे सचेतनासमेत गराएको छ। रासस
" /> काठमाडाैं। गत चैत ११ गते नेपाल सरकारले गरेको बन्दाबन्दी अवधिमा सुर्खेतमा एक हजार ६३ सवारीसाधन कारबाहीमा परेका छन्।बन्दाबन्दी अवधिभर कारबाहीमा परेका सवारीसाधनमा ८०६ मोटरसाइकल, ३४ स्कुटर, २२ जीप भ्यान, १६ ट्रयाक्टर, १७२ अटो र १३ ट्रक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।

">