काठमाडौं। चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छोे’ नामको पोखरी फुट्ने सम्भावना देखिएको छ।
अविरल वर्षाका कारण पोखरीमा पानी भरिएर फुट्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नेपाली क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको छ।
सो पोखरी फुटेमा भाेटेकाेशी नदीमा आकस्मिकरूपमा पानीकाे बहाव अत्यधिक बढ्न गई नदी किनारका भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिकालगायतका स्थानीय तहहरूका बजार तथा मानव बस्ती बगाउन सक्ने आकलन गरिएको छ।
यसले ठूलो क्षति पुर्याउन सक्ने भएकाले सबैलाई सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन प्रशासनले भनेको छ।
साथै भोटेकोशी किनारका वस्तीका सर्वसाधारणहरूलाई तत्काल सो क्षेत्र छाडी सुरक्षित क्षेत्रमा जाने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
" /> काठमाडौं। चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छोे’ नामको पोखरी फुट्ने सम्भावना देखिएको छ।अविरल वर्षाका कारण पोखरीमा पानी भरिएर फुट्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नेपाली क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको छ।

">