काठमाडौं। कोरोना भाइरस संक्रमणको दोस्रो लहर रोक्ने उद्देश्यका साथ फ्रान्समा प्रशासनले बन्द स्थानहरूमा सर्वसाधारणलाई अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ।
सार्वजनिक यातायातमा मास्क यसअघि नै अनिवार्य थियो। तर, आजबाट पसल, सपिङ मललगायतका स्थानमा पनि मास्क नलगाई जान नपाइने नियम बनाइएको छ।
स्वास्थ्यमन्त्री ओलिभर मेरानले फ्रान्समा ४०० देखि ५०० समूहमा भाइरस सक्रिय रहेको भन्दै सावधानी अपनाउन आमनागरिकलाई आह्वान गरेका हुन्।
फ्रान्सेली राष्ट्रपति इम्मानुअल म्याक्रोले जुनमा कोरोना भाइरसमाथि पहिलो जित हासिल गरेको घोषणा गर्दै राष्ट्रव्यापी संकटकाल हटाएका थिए। तर स्थानीय स्तरमा भने कोरोना संक्रमणको जोखिमबाट फ्रान्स पूर्णरूपमा मुक्त भइसकेको थिएन।
पछिल्लो समय उत्तरपश्चिम र पूर्वी फ्रान्समा संक्रमण समुदायस्तरमा फैलिन थालेको छ। खासगरी पछिल्लो समय उत्तर पश्चिमी क्षेत्र मायेनेमा बढ्न थालेको संक्रमणलाई दोस्रो लहरको रूपमा लिँदै फ्रान्सले विशेष सावधानी अपनाउन थालेको छ।
युरोपको सबभन्दा बढी प्रभावित देशमध्ये एक फ्रान्समा २ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण हुँदा ३० हजारभन्दा बढीको ज्यान गइसकेको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको दोस्रो लहर रोक्ने उद्देश्यका साथ फ्रान्समा प्रशासनले बन्द स्थानहरूमा सर्वसाधारणलाई अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ।सार्वजनिक यातायातमा मास्क यसअघि नै अनिवार्य थियो। तर, आजबाट पसल, सपिङ मललगायतका स्थानमा पनि मास्क नलगाई जान नपाइने नियम बनाइएको छ।

">