काठमाडाैं। मलेसियाबाट आज एकैदिन १६ शव नेपाल ल्याइएको छ।
विभिन्न मुलुकबाट भइरहेको नेपालीको उद्धार उडानका क्रममा आज धेरै संख्यामा नेपालीको शव ल्याइएको हो।
आज क्वालालम्पुरबाट भएका दुई चार्टर्ड उडानमा क्रमशः १५ र एक गरी १६ शव नेपाल आएका हुन्।
नेपाल एअरलाइन्सले क्वालालम्पुरबाट १५ र हिमालय एअरलाइन्सले पनि क्वालालम्पुरबाटै एक शव ल्याएको विमानस्थल कार्यालयले जनाएको छ।
पछिल्लो पटक साउन ३ गते चार र साउन ४ गते चार शव नेपाल ल्याइएको थियो।
यसअघि विदेशमा अलपत्र नेपालीको उद्धार उडान सुरु गरेको पहिलो साता एकैदिन २५ शव नेपाल ल्याइएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन्।
यी उडानमार्फत् ५५८ नेपाली स्वदेश फर्किएका छन्।
नेपाल एअरलाइन्सले क्वालालम्पुरबाट २५७ यात्रु तथा १५ शव ल्याएको छ भने हिमालय एअरलाइन्सले मलेसियाबाटै दुई उडानमार्फत् क्रमशः १५३ यात्रु र एक शव तथा १४८ यात्रु काठमाडौं ल्याएको छ।
दोहा, रियाद र दमामबाट थप नेपालीको उद्धारका लागि नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज त्यसतर्फ प्रस्थान गरेका विमानस्थले जनाएको छ।
मंगलबार पनि यी दुवै एअरलाइन्सका विभिन्न गन्तव्यमा आठ उडान हुने विमानस्थलको तालिका छ। रासस
" /> काठमाडाैं। मलेसियाबाट आज एकैदिन १६ शव नेपाल ल्याइएको छ।विभिन्न मुलुकबाट भइरहेको नेपालीको उद्धार उडानका क्रममा आज धेरै संख्यामा नेपालीको शव ल्याइएको हो।

">