काठमाडौं। बेलायतले कोभिड–१९ को नौ करोड डोजमा आफ्नो पहिलो पहुँच सुरक्षित गर्न सक्ने बताएको छ। भ्याक्सिन यदि सफल भएको खण्डमा बेलायतले कोरोनाको जोखिमबाट आफ्ना नागरिकलाई बचाउने उत्तम मौका पाउने छ।
बेलायतले विभिन्न फर्मास्युटिकल कम्पनीसँगको साझेदारीमा भ्याक्सिनको नौ करोड डोज सुरक्षित गर्न सकेको हो। भ्याक्सिन विकसित गरिरहेका बायोएनटेक र फिजरले बेलायत सरकारसँग पहिलो सम्झौता गरेका हुन्। यी दुई कम्पनीले तीन करोड डोज बनाउन सक्ने छन्। भ्याक्सिनको दोस्रो तहको परीक्षण सकिएको छ।
बेलायतले दोस्रो सम्झौता भाल्नेभा कम्पनीसँग ६ करोड डोजका निम्ति गरेको छ। उक्त सम्झौतामा भ्याक्सिन सुरक्षित र सफल देखिएमा थप चार करोड डोजसमेत लिन सकिने उल्लेख छ।
भाल्नेभाको लिभिङ्सटन स्कटल्यान्डमा रहेको कम्पनी हो। यसले भाइरसको भ्याक्सिन विकसित गर्ने काम गरिरहेको छ र परीक्षणका निम्ति सरकारी सहयोगको अपेक्षा गरेको छ। कम्पनीलाई भ्याक्सिन उत्पादनमा मद्दत गर्दै १० करोड डोज पुर्याउन लगाउनेबारे कुराकानी भइरहेको छ।
बेलायतले तेस्रो सम्झौता १० करोड डोजका लागि एस्ट्राजेनेका कम्पनीसँग गरेको छ। यसले एन्टिबडिजलाई निष्क्रिय बनाउने औषधि उत्पादन गर्नेछ, जुन भ्याक्सिन प्रयोग नगर्नेका लागि काम लाग्ने छ।
यसरी तीनवटा सम्झौता गर्नुको अर्थ बेलायत, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डमा पहिलो प्राथमिकतामा स्वास्थ्य र सामाजिक कार्यकर्ता तथा गम्भीर सङ्क्रमणमा परेका मानिसलाई कोरोना भ्याक्सिन उपलब्ध गराउनु हो।
व्यापार सचिव आलोक शर्माका अनुसार बेलायतले गरेको सम्झौताले भ्याक्सिनमा उसको पहुँच सुरक्षित बनाएको छ। उनका क्याबिनेट सहयोगी शिक्षा सचिव ग्याविन विलियम्सनले स्काईन्युजसँग भने, ‘‘यो सङ्कटबाट जोगाउन भ्याक्सिन नै सबैभन्दा उत्तम र सुरक्षित मार्ग हो।’’
सरकारको यो उचित लगानी रहेको विलियम्सन बताउँछन्। यो लगानीले कोरोनाबाट बच्ने विभिन्न विकल्प दिनेछ। ‘‘हामी अन्य देशभन्दा बढी सुरक्षित स्थानमा रहन चाहन्छौं। हामी महामारीबाट बाहिर आएपछिको भविष्यसमेत सुरक्षित पार्न चाहन्छौं,’’ उनले भने।
बेलायत सरकारले भ्याक्सिनबारे अध्ययन गर्नेले आफूलाई दर्ता गराउन सक्ने भन्दै एक वेबसाइट सुरु गरेको छ। सरकारको उद्देश्य अक्टुबरसम्म यो अध्ययनमा पाँच लाखभन्दा बढी मानिसले हस्ताक्षर गरुन् भन्ने रहेको छ। यसले अनुसन्धाताबीच छलफल हुने, भ्याक्सिनको प्रभावकारितबारे राम्ररी सम्झाउने काम गर्ने हुनाले बढी नै उपयोगी हुने विश्वास गरिएको छ।
(स्काईन्युज)