काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानुनको कार्यान्वयनमा नचुक्दै र नझुक्दै उच्च नैतिक आचरण तथा व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरीहरूलाई निर्देशन दिएका छन्।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन्।
प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राही समक्ष प्रहरीले उच्च आचरण र व्यवहारसहित प्रस्तुत भएमा प्रहरीप्रति आमनागरिकको दृष्टिकोण सकारात्मकरूपमा परिवर्तन हुने उनले बताए।
साधन स्रोतको उचित प्रयोग गरेर प्रहरीले गर्ने काम कारबाही सञ्चालन गर्न सकेमा आगामी दिनमा संगठनले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले छिटोछरितो सेवा प्रवाह गर्नेतर्फ सदैव अग्रसर हुनुपर्नेमा जोड दिए।
अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा प्रमाणमुखी बनाउनुपर्ने उनको भनाइ छ।
“अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशासम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ,” उनले भने, “प्रहरी अधिकृतहरूले समस्याको पहिचान पश्चात् त्यसको समाधानतर्फ अग्रसर भएमा राज्यले अख्तियार गरेको नीति तथा निर्देशनलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सकिन्छ।”
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको अवस्थामा प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले लकडाउन खुलेपछि हुन सक्ने अपराधजन्य घटनाप्रति प्रहरी कर्मचारी थप चनाखो हुनुपर्ने बताए।
" /> काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानुनको कार्यान्वयनमा नचुक्दै र नझुक्दै उच्च नैतिक आचरण तथा व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरीहरूलाई निर्देशन दिएका छन्।नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन्।

">