अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरूद्ध <p>भरतपुर। आइतबार रातिदेखि परेको अविरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ। खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रूपमा ठप्प छ। मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ।</p> <p>सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालले १२ मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको जानकारी दिए। उनले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए।</p> <p>जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिए। उनले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्