डाेल्पा। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ९ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
त्रिपुरासुन्दरी नगरपालिका-३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकुद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो।
ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनुमति नलिई खेलकुद मैदान निर्माण गर्न लागेको थाहा पाएपछि चालकसहित सबैलाई नियन्त्रणमा लिएको निकुञ्जले जानकारी दिएको छ।
“खेलकुद मैदान निर्माण गर्न लागिएको क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ, नीतिनियमविपरीत वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको अनुमति नै नलिई काम सुरु गरेको थाहा पाएपछि निर्माणमा संलग्न कामदार, उपकरण सबै नियन्त्रणमा लिएका हौ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, “नदीले कटान गरेको दुवैतिरको भूभाग निकुञ्ज क्षेत्रमा पर्छ, उक्त क्षेत्रमा अनुमतिविपरीत मान्छे डोजर प्रयोग गरेर निजी तथा सार्वजनिक निर्माण सुरु गर्नु कानूनविपरीत मानिन्छ।”
घटनाका विषयमा अनुसन्धान भइरहेकाे बताउँदै कसूर देखिएमा कानूनअनुसार कारबाही हुने पौडेलको भनाइ छ।
पक्राउ गरिएका सबैलाई नगर उपप्रमुख चन्द्राकुमारी बुढाको जिम्मा छोडिएकाले आवश्यक परेका खण्डमा जतिखेर पनि झिकाइने निकुञ्जले जनाएको छ।
निर्माण गर्न लागिएको खेलकूद मैदान गत वर्ष कार्यपालिकाको बैठकबाट ठाउँ छनोट गरेर काम सुरु गरिएको नगर उपप्रमुख चन्द्राकुमारी बुढाले बताइन्।
भेरीले कटान गरेको ठाउँभरि आफ्नो क्षेत्रमा पर्ने निकुञ्जले बताएकाले एकपटक फिल्डमै पुगेर यकिन गर्न भनिएको उनको भनाइ छ।
यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सर्वप्रथम निकुञ्ज क्षेत्रमा पर्छ वा पर्दैन निकुञ्जले यकिन गर्नुपर्ने बताए।
“निकुञ्ज क्षेत्रमा पर्ने भएर पनि अनुमति नलिएर काम गरेको पाइयो भने कारबाही हुनुपर्छ, तर निकुञ्ज क्षेत्रमा नपरेको ठाउँमा अनावश्यक हस्तक्षेप गर्न हुँदैन। सबैले सहजीकरण गरेर विकास निर्माण कार्य अघि बढाउनुपर्छ”, सुनारले भने।
निकुञ्ज क्षेत्रमा पर्ने भूगोलका विषयमा आमजनतालाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो।
उक्त खेलकुद मैदान संघीय सरकार र त्रिपुरासुन्दरी नगरपालिकाको जनश्रमदानसहितको ८५ लाख रूपैयाँ संयुक्त बजेटमा निर्माण हुन लागेको थियो। रासस
" /> डाेल्पा। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ९ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ।त्रिपुरासुन्दरी नगरपालिका-३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकुद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो।

">