काठमाडौं। नेपालमा मनसुन सक्रिय हुँदा देशका विभिन्न भागमा बाढी र पहिरोका घटनाहरू भइरहेका छन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न १२ स्थानमा पहिरो खसेको र २ ठाउँमा बाढी गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज विहानको बुलेटिनमा उल्लेख छ। बाढी र पहिरोका कारण ८ स्थानमा बाटो अबरुद्ध भएको छ।
यो अवधिमा प्राकृतिक विपद्मा परेर तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्। त्यस्तै ४ चौपाया पनि मरेका छन्। प्राधिकरणका अनुसार २८ लाख ५० हजार रुपैयाँभन्दा बढीको धनमाल नोक्सान भएको छ।
कालिकोटको पाचालझरना गाउँपालिका-३ मा जगलमा काठ चिरान गरिरहेको अवस्थामा माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको र एक जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ। दार्चुलाको नौगाडमा गाउँपालिका-६ स्थित परीगाउँ खोलामा बगेर १ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।
यता काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-१ गागलफेदीमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको पनि प्राधिकरणले जनाएको छ।
रसुवाको स्याफ्रुबेसी-टिमुरे पासाङ ल्हामु सडकखण्ड, मुग्लिङ-नारायणगढ सडकखण्ड, लमजुङको बेशीशहर-मनाङ सडकखण्ड, भालुवाङ-प्यूठान सडकखण्ड, पाल्पामा सिद्धार्थ राजमार्ग पहिरोका कारण अवरद्ध भएको छ।
मौसम पूर्वानुमान महाशाखाले अबको २४ घण्टा देशैभर वर्षाको सम्भावना रहेको बताएको छ।
मनसुन सुरू भए यता (जेठ ३० गते यता) नेपालमा प्राकृतिक विपद्का घटनामा परेर कम्तिमा १ सय ३१ जनाको मृत्यु भइसकेको छ। जसमध्ये १११ जनाको पहिरोमा र ३ जनाको बाढीमा परेर मृत्यु भएको हो भने १७ जनाले चट्याङ लागेर ज्यान गुमाएका हुन्।
त्यस्तै पहिरोमा परेर ४३ जना बेपत्ता हुँदा बाढीमा बगेर ५ जना वेपत्ता भएको पनि प्राधिकरणले जानकारी दिएको छ।
पहिरोमा परेर ८६ जना र बाढीमा परेर १ जना घाइते हुँदा ४२ जना चट्याङ लागेर घाइते भएका छन्।