काठमाडौं। बरा, पर्सा र रौतहट भएर बग्ने साना तथा ठूला नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले ती जिल्लामा भारी वर्षा भइरहेको छ। अझै थप वर्षाको सम्भावना छ।
लालबकैया लगायतका नदी र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने, नदी किनार र डुबान भइरहने होचा स्थानमा साँझसम्मै सतर्कता अपनाउन विभागले अपील गरेको छ।
यस्तै, नारायणी नदी देवघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको विभागले जनाएको छ। चितवन र नवलपरासीको नारायणीको तटिय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपनाउन भनिएको छ।
" /> काठमाडौं। बरा, पर्सा र रौतहट भएर बग्ने साना तथा ठूला नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले ती जिल्लामा भारी वर्षा भइरहेको छ। अझै थप वर्षाको सम्भावना छ।लालबकैया लगायतका नदी र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने, नदी किनार र डुबान भइरहने होचा स्थानमा साँझसम्मै सतर्कता अपनाउन विभागले अपील गरेको छ।
यस्तै, नारायणी नदी देवघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको विभागले जनाएको छ। चितवन र नवलपरासीको नारायणीको तटिय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपनाउन भनिएको छ।
">