काठमाडौं। अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रत्याशी जो बाइडेनबीच प्रतिस्पर्धा हुने देखिएको छ। उक्त निर्वाचनमा आउने परिणामलाई लिएर फक्स न्यूज सन्डेसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले अहिले नै अविश्वास जनाएका छन्। उनले भने, ‘‘मलाई त्यो हेर्नु छ। म केवल हो भनिरहेको छैन, होइन वा मान्दिनँ नै पनि त भनिरहेको छैन। मैले अघिल्लो निर्वाचनमा पनि यही नै भनेको थिएँ।’’

उनको यस्तो गोलमटोल जवाफले प्रश्न उठाएको छ, मौजुदा राष्ट्रपति नै अमेरिकामा हुने निर्वाचनप्रति विश्वस्त छैनन्। राष्ट्रपति ट्रम्पले अघिल्लो पटक पनि यस्तै रवैया देखाएको थिए, जब उनी हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गरिरहेका थिए। यतिखेर अमेरिकामा कसले बाजी मार्ला भनेर चुनावी सर्वेक्षण गर्न थालिएको छ। अधिकांश सर्वेक्षणले राष्ट्रपति ट्रम्पलाई प्रतिस्पर्धी बाइडेनभन्दा पछाडि देखाएको छ। ट्रम्प यस्ता प्रक्षेपणलाई गलत भन्दै आइरहेका छन्।

उनले सर्वेक्षणहरूको सत्यतामा प्रश्न उठाएका छन्। यस्ता सर्वेक्षणमा रिपब्लिकन पार्टी मन पराउने मतदातालाई पर्याप्त सहभागी गराइएको छैन। उनले भने, ‘‘म हार्न लागिरहेको छैन, किनकि त्यो नक्कली सर्वेक्षण हो।’’ फक्स न्यूजको यो अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो।

अमेरिकाको क्विनियाक युनिभर्सिटीले गरेको एक राष्ट्रिय सर्वेक्षणमा राष्ट्रपति ट्रम्प बाइडेनभन्दा १५ अंकले पछि परेका थिए। सर्वेक्षणमा सहभागी रजिस्टर्ड मतदातामध्ये ५२ प्रतिशतले बाइडेनको समर्थन गरेका थिए भने ३३ प्रतिशतले मात्रै ट्रम्प मन पराएका थिए। यस्तै सर्वेक्षण एनबीसी/डब्ल्यूएसजेले समेत गरेको थियो, जुन राष्ट्रपति ट्रम्पको पक्षमा थिएन।

अमेरिकी चुनावमा त्यहाँको खस्कँदो अर्थव्यवस्था र चीनसँगको सम्बन्ध ठूलो मुद्दा बनेको छ। पछिल्लो समय महामारीका रूपमा अमेरिकामा फैलिएको कोरोना नियन्त्रणका सवालमा पनि राष्ट्रपति ट्रम्पको कार्यशैली अलोकप्रिय हुन पुगेको छ। साथै, राष्ट्रपति निर्वाचनलाई लिएर गरिएका विभिन्न स्वतन्त्र सर्वेक्षणमाथि ट्रम्पको प्रतिक्रियासमेत विवादित बन्न पुगेको छ।

एउटा महान् लोकतान्त्रिक मुलुकको राष्ट्रपतिले स्वच्छ र स्वतन्त्र सर्वेक्षण मान्दिनँ भन्नु र निर्वाचनको सम्भावित नतिजामाथि नै आशंका प्रकट गर्नुले उनलाई थप कमजोर पारिदिएको छ। (एजेन्सी)

" /> काठमाडौं। अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रत्याशी जो बाइडेनबीच प्रतिस्पर्धा हुने देखिएको छ। उक्त निर्वाचनमा आउने परिणामलाई लिएर फक्स न्यूज सन्डेसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले अहिले नै अविश्वास जनाएका छन्। उनले भने, ‘‘मलाई त्यो हेर्नु छ। म केवल हो भनिरहेको छैन, होइन वा मान्दिनँ नै पनि त भनिरहेको छैन। मैले अघिल्लो निर्वाचनमा पनि यही नै भनेको थिएँ।’’

उनको यस्तो गोलमटोल जवाफले प्रश्न उठाएको छ, मौजुदा राष्ट्रपति नै अमेरिकामा हुने निर्वाचनप्रति विश्वस्त छैनन्। राष्ट्रपति ट्रम्पले अघिल्लो पटक पनि यस्तै रवैया देखाएको थिए, जब उनी हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गरिरहेका थिए। यतिखेर अमेरिकामा कसले बाजी मार्ला भनेर चुनावी सर्वेक्षण गर्न थालिएको छ। अधिकांश सर्वेक्षणले राष्ट्रपति ट्रम्पलाई प्रतिस्पर्धी बाइडेनभन्दा पछाडि देखाएको छ। ट्रम्प यस्ता प्रक्षेपणलाई गलत भन्दै आइरहेका छन्।

उनले सर्वेक्षणहरूको सत्यतामा प्रश्न उठाएका छन्। यस्ता सर्वेक्षणमा रिपब्लिकन पार्टी मन पराउने मतदातालाई पर्याप्त सहभागी गराइएको छैन। उनले भने, ‘‘म हार्न लागिरहेको छैन, किनकि त्यो नक्कली सर्वेक्षण हो।’’ फक्स न्यूजको यो अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो।

अमेरिकाको क्विनियाक युनिभर्सिटीले गरेको एक राष्ट्रिय सर्वेक्षणमा राष्ट्रपति ट्रम्प बाइडेनभन्दा १५ अंकले पछि परेका थिए। सर्वेक्षणमा सहभागी रजिस्टर्ड मतदातामध्ये ५२ प्रतिशतले बाइडेनको समर्थन गरेका थिए भने ३३ प्रतिशतले मात्रै ट्रम्प मन पराएका थिए। यस्तै सर्वेक्षण एनबीसी/डब्ल्यूएसजेले समेत गरेको थियो, जुन राष्ट्रपति ट्रम्पको पक्षमा थिएन।

अमेरिकी चुनावमा त्यहाँको खस्कँदो अर्थव्यवस्था र चीनसँगको सम्बन्ध ठूलो मुद्दा बनेको छ। पछिल्लो समय महामारीका रूपमा अमेरिकामा फैलिएको कोरोना नियन्त्रणका सवालमा पनि राष्ट्रपति ट्रम्पको कार्यशैली अलोकप्रिय हुन पुगेको छ। साथै, राष्ट्रपति निर्वाचनलाई लिएर गरिएका विभिन्न स्वतन्त्र सर्वेक्षणमाथि ट्रम्पको प्रतिक्रियासमेत विवादित बन्न पुगेको छ।

एउटा महान् लोकतान्त्रिक मुलुकको राष्ट्रपतिले स्वच्छ र स्वतन्त्र सर्वेक्षण मान्दिनँ भन्नु र निर्वाचनको सम्भावित नतिजामाथि नै आशंका प्रकट गर्नुले उनलाई थप कमजोर पारिदिएको छ। (एजेन्सी)

"> चुनाव हारे भने परिणाम स्वीकार्लान् ट्रम्प ? : Dekhapadhi
चुनाव हारे भने परिणाम स्वीकार्लान् ट्रम्प ?
काठमाडौं। अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रत्याशी जो बाइडेनबीच प्रतिस्पर्धा हुने देखिएको छ। उक्त निर्वाचनमा आउने परिणामलाई लिएर फक्स न्यूज सन्डेसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले अहिले नै अविश्वास जनाएका छन्। उनले भने, ‘‘मलाई त्यो हेर्नु छ। म केवल हो भनिरहेको छैन, होइन वा मान्दिनँ नै पनि त भनिरहेको छैन। मैले अघिल्लो निर्वाचनमा पनि यही नै भनेको थिएँ।’’

उनको यस्तो गोलमटोल जवाफले प्रश्न उठाएको छ, मौजुदा राष्ट्रपति नै अमेरिकामा हुने निर्वाचनप्रति विश्वस्त छैनन्। राष्ट्रपति ट्रम्पले अघिल्लो पटक पनि यस्तै रवैया देखाएको थिए, जब उनी हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गरिरहेका थिए। यतिखेर अमेरिकामा कसले बाजी मार्ला भनेर चुनावी सर्वेक्षण गर्न थालिएको छ। अधिकांश सर्वेक्षणले राष्ट्रपति ट्रम्पलाई प्रतिस्पर्धी बाइडेनभन्दा पछाडि देखाएको छ। ट्रम्प यस्ता प्रक्षेपणलाई गलत भन्दै आइरहेका छन्।

उनले सर्वेक्षणहरूको सत्यतामा प्रश्न उठाएका छन्। यस्ता सर्वेक्षणमा रिपब्लिकन पार्टी मन पराउने मतदातालाई पर्याप्त सहभागी गराइएको छैन। उनले भने, ‘‘म हार्न लागिरहेको छैन, किनकि त्यो नक्कली सर्वेक्षण हो।’’ फक्स न्यूजको यो अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो।

अमेरिकाको क्विनियाक युनिभर्सिटीले गरेको एक राष्ट्रिय सर्वेक्षणमा राष्ट्रपति ट्रम्प बाइडेनभन्दा १५ अंकले पछि परेका थिए। सर्वेक्षणमा सहभागी रजिस्टर्ड मतदातामध्ये ५२ प्रतिशतले बाइडेनको समर्थन गरेका थिए भने ३३ प्रतिशतले मात्रै ट्रम्प मन पराएका थिए। यस्तै सर्वेक्षण एनबीसी/डब्ल्यूएसजेले समेत गरेको थियो, जुन राष्ट्रपति ट्रम्पको पक्षमा थिएन।

अमेरिकी चुनावमा त्यहाँको खस्कँदो अर्थव्यवस्था र चीनसँगको सम्बन्ध ठूलो मुद्दा बनेको छ। पछिल्लो समय महामारीका रूपमा अमेरिकामा फैलिएको कोरोना नियन्त्रणका सवालमा पनि राष्ट्रपति ट्रम्पको कार्यशैली अलोकप्रिय हुन पुगेको छ। साथै, राष्ट्रपति निर्वाचनलाई लिएर गरिएका विभिन्न स्वतन्त्र सर्वेक्षणमाथि ट्रम्पको प्रतिक्रियासमेत विवादित बन्न पुगेको छ।

एउटा महान् लोकतान्त्रिक मुलुकको राष्ट्रपतिले स्वच्छ र स्वतन्त्र सर्वेक्षण मान्दिनँ भन्नु र निर्वाचनको सम्भावित नतिजामाथि नै आशंका प्रकट गर्नुले उनलाई थप कमजोर पारिदिएको छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्