झापा। झापामा अपराधका घटनामा कमी आएको छ।
जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५/०७६ मा घटेर एक हजार ४६४ वटा मात्र मुद्दा दर्ता भएका थिए।
आर्थिक वर्ष २०७६/०७७ मा अपराधका घटनामा अझ कमी आई एक हजार १७० वटा मात्र मुद्दा दर्ता भएका छन्। तीमध्ये कर्तव्य ज्यान १३ र ज्यान मार्ने उद्योगका २७ वटा घटना छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पछिल्लो तीन वर्षमा झापामा घटेका चार हजार ३२१ घटनामध्ये तीन आर्थिक वर्षमा नै अभद्र व्यवहारका मुद्दा धेरै छन्।
आर्थिक वर्ष २०७४/०७५ मा भन्दा २०७५/०७६ मा कूल मुद्दा दर्ता सङ्ख्या १३.२१ प्रतिशतले घटेको छ भने आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले मुद्दाको सङ्ख्या नै घटेको छ ।
आर्थिक वर्ष २०७४/०७५ भन्दा आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएका मुद्दामध्ये अभद्र व्यवहारका मुद्दा ४५ प्रतिशत र आर्थिक वर्ष २०७६/२०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०७५/२०७६ को तुलनामा आर्थिक वर्ष २०७६/२०७७ मा लागुऔषधका मुद्दासमेत छ प्रतिशतले घटेको प्रहरीको भनाइ छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आत्महत्या, जबर्जस्ती करणी, सवारी ज्यान, मानव बेचबिखन, बहुविवाहलगायतका मुद्दा आर्थिक वर्ष २०७६/२०७७ मा कमी आएको छ।
मुद्दा दर्ताको सङ्ख्यामा कमी आउनुको कारणमध्ये लकडाउन, समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती, चेकजाँच, मानिसको चेतनाको स्तरमा वृद्धि, प्रहरीको सक्रियता आदि रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए। रासस
" /> झापा। झापामा अपराधका घटनामा कमी आएको छ।जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५/०७६ मा घटेर एक हजार ४६४ वटा मात्र मुद्दा दर्ता भएका थिए।

">